प्रदेश ५ को बजेट शुक्रबार आउने

२९ चैत्र २०७४, बिहीबार १८:३४
 

सदरलाइनडटकम

२९ चैत, नेपालगन्ज : प्रदेश ५ सरकारले चालु आर्थिक वर्षको असार मसान्तसम्मको आवधिक वजेट भोलि प्रदेशसभा बैठकमा पेश गर्ने भएको
छ । मन्त्रिपरिषदको बिहीबार बसेको वैठकले चालु आर्थिक वर्ष ०७४र७५ को बाँकी अवधिको राजस्व र व्ययको अनुमानित वजेट वक्तव्य प्रदेश सभाको वैठकमा पेश गर्नका लागि स्वीकृत गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।


सरकारले संघीय सरकारबाट समानीकरण अनुदान अन्तर्गत प्राप्त एक अर्ब दुई करोड रुपैयांको वजेट ल्याउन लागेको हो ।

मन्त्रिपरिषद वैठकले प्रदेश विनियोजन विधेयक भोलि बस्ने संसद बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ । आवधिक वजेट विशेषगरी प्रदेश सरकार अन्तर्गतका मन्त्रालय, महाशाखा, विभागका लागि भौतिक संरचना पुर्वाधार व्यवस्थापनमै केन्द्रीत हुने छ ।

यस्तै प्रदेश नंं ५ संसद सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद वैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिए । यो विधेयक भने वजेट पछि अर्को संसद वैठकमा पेश गरिने प्रवक्ता चौधरीले बताए ।

Next Post

घुम्ती कोषका लागि एक\एक लाखको सहयोग

२९ चैत्र २०७४, बिहीबार १८:३४
सदरलाइनडटकम २९ चैत,नेपालगञ्ज :  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ र १३ का बाल संरक्षण समितिलाई रु एक ÷एक लाख सहयोग उपलव्ध गराइएको छ । विद्यालय जानवाट बन्चित त्यस वडाका बालबालिकालाई यो वर्ष विद्यालय भर्ना गराउन प्रोत्साहन स्वरुप सो सहयोग उपलव्ध गराइएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले […]