राप्तीपारीको बघौडा क्षेत्रमा जानको लागि यस्तो छ जोखिम (फोटो फीचर)

२७ चैत्र २०७४, मंगलवार १७:५४
 

सदरलाइन/ रुद्र सुवेदी
२७ चैत, नेपालगन्ज   : बाँकको कर्णाली उपनामले चिनिने बघौडा क्षेत्रमा जानको लागि चैत बैशाखमा समेत बाटोको कारण अत्यन्तै कठिन हुने गरेको छ ।
नेपालगन्जदेखि करिव ४० किलोमिटरको दुरी रहेको सुईया बघौडा बाटोको कारण पुग्नको लागि झण्डै १ दिन लाग्ने गरेको छ । हुलाकी सडक निर्माणको हुँदै गरेको अवस्थामा बघौडा क्षेत्रतिर बाटो पहिलेको तुलनामा कही सहज भएपनि राप्ती नदिको पुलतर्ने वित्तिकैको करिव १ किलोमिटर बाटो अत्यन्तै कठिन भएको नेपालगन्ज उप–महानगरपालिकाकी उप–मेयर उमा थापामगरले प्रतिक्रिया दिईन ।
‘नरैनापुरमा न्यायिक समितिको घुम्ती बैठकमा भागलिनको लागि हिडेको गडि फसेर हैरान भईयो’–उनले भनिन । उनको गाडि मात्र नभएर कोहलपुर नगरपालिकाकी उप–मेयर सञ्जुकुमारी चौधरीको गाडि पनि फस्यो । ‘बाटो हेर्दा त राम्रै देखिन्छ तर, बालुवाको धराप पो रैछ’–उनले भनिन् । करिव एक घन्टाको पर्खाईपछि टेक्टरको मद्दतले फसेका गाडि निकालेर आफुहरु गन्तव्य तर्फ लागेको उनीहरुले बताए ।
सदरमुकाम नेपालगन्जदेखि ७ किलोमिटरको दुरी तयगर्ने बित्तिकै राप्तीनदी आउने र राप्ती नदीको पुल तरेर सयमिटर मात्र अगाडि बढ्नको लागि बाटोको कारण झण्डै दिन भरी लाग्ने गरेको सो बाटो भएर हिड्ने यात्रुको दुखेसो छ ।
‘एक किलो मिटरको दुरीको मात्र बाटो खराब छ । सबै हिड्छन तर, यतिबाटो बनाउन कसैले पनि चासो दिदैनन् । जहिले पनि यात्रुलाई सास्तीमात्र हुन्छ’– राप्तीसोनारी गाउपालिका–६ का भरत खड्काले भने । राप्तीको पुल तर्ने वित्तिकै बलौटे माटोमा बनाईएको लिग टेक्टर र टिपर हिडेर साना गाडि, मोटरसाईकल हिड्नै नहुने गरी विग्रिएको छ । तर, कसैलेपनि सो बाटो मर्मत गर्नतर्फ ध्यान नदिएको उनको गुनासो छ ।
जिल्ला समन्वय समिति बाँकेले ढुंगा गिटि र बालुवाको ठेक्का लगाएको कारण पनि सो बाटो भएर दैनिक करिव दुई सय टेक्टर, सय टिपरले ढुंगा गिटि बालुवा बोकेर हिड्ने भए पनि बिग्रेको बाटो न जिल्ला समन्वय समितिले बनाउछ नत ठेकेदारले नै बनाउछन खड्काले दुखेसो पोखे ।


 

Next Post

खजुरा गापामा शिक्षा नियमावली पारित

२७ चैत्र २०७४, मंगलवार १७:५४
सदरलाइनडटकम २८ चैत, नेपालगन्ज :  खजुरा गाउँपालिकाको दोस्रो गाउँसभाले खजुरा गाउँपालिकाको शिक्षा नियमावली २०७४ पारित गरेको छ । विधेयक समितिका संयोजक तिलकवीर सुनारले सभामा प्रस्तुत गरेको १६ भाग र १५ अनुसूचीसहितको शिक्षा नियमावली संसोधनसहित पारित गरिएको हो । संक्षिप्त नाम र परिभाषा, विद्यालय खोल्न अनुमति वा स्वीकृति सम्बन्धी व्यवस्था, गाउँ […]