शिक्षा नीति निर्माणका लागि मस्यौदा समिति गठन

२५ चैत्र २०७४, आईतवार १९:५६
 

सदरलाइनडटकम
२५ चैत, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको शैक्षिक नीतिका लागि मस्यौदा समिति गठन गरिएको छ । दुईदिनको कार्यशालापछि सम्वद्ध विज्ञसहितको कार्यदल गठन गरिएको हो ।
उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणा संयोजक तथा उपप्रमुख उमा थापामगर उप संयोजक रहने गरी १६ सदस्यीय शिक्षा नीति मस्यौदा तयारी कार्यदल गठन गरिएको छ ।
सो कार्यदलमा शिक्षाविद, सम्वद्ध अधिकारी, नगरका वडा अध्यक्ष, विभिन्न विद्यालयका प्राध्यापक, शिक्षक, सामाजिक संघ संस्थाका अगुवा, विद्यार्थीबीचको व्यापक परामर्शसहितको निचोडलाई समेटदै मस्यौदा बनाईन लागिएको हो ।
जनप्रतिनीधी, शिक्षक, शिक्षक संघ संगठनका प्रतिनिधी, बाल क्लवका प्रतिनिधी समेतको सहभागिता रहेको कार्यदलको सदस्य सचिवमा उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख इश्वर पौडेल रहेका छन् ।
कार्यदलमा वडा अध्यक्ष प्रमोद रिजाल, कृष्ण कार्की, वडा सदस्यहरु कौशल धोवी, इन्दिरा शाही, प्राविधिक शिक्षाका तर्फबाट सञ्जय सिंह, प्राध्यापक किरण आचार्य, शिक्षक संघ संगठनबाट विरेन्द्र यादव र कृष्ण जीसी, बाल कलवबाट अन्जना चुतर्वेदी लगायत रहेका छन् ।
कार्यशाला समापन समारोहमा उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्दै नेपालगन्जलाई शैक्षिक हवका रुपमा विकास गरिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यशालामा आएका सुझावलाई मध्यनजर गर्दै मस्यौदा समितिले मस्यौदा तयार गरि वडामा पठाउने र वडा समितिको समेत थप सुझावलाई समावेश गर्दै वोर्ड छलफलका लागि लैजाने वडा अध्यक्ष रिजालले जानकारी दिए ।
बोर्डले परिमार्जन तथा संशोधनसहित अन्तिम रुप दिएको मस्यौदा नगरपरिषद मार्फत अनुमोदन गरिने उप–महानगरपालिकाका उपप्रमुख थापामगरले जानकारी दिनु भयो । शिक्षाविद डा विद्यानाथ कोइरालाले सहजीकरण गरेको कार्यक्रममा समूहगत छलफल गरिएको थियो ।


 

Next Post

बाँकेका सहकारी अब स्थानीय तह मातहत

२५ चैत्र २०७४, आईतवार १९:५६
सदरलाइनडटकम  २६ चैत, नेपालगन्ज  : संविधानले निर्दिष्ट गरे अनुरुप सबै सरकारी कार्यालयहरु स्थानीय तहमा समायोजन हुने क्रम बढ्दो छ । यस क्रममा बाँकेका सहकारी अब स्थानीय तह मातहत आएका छन् । स्थानीय तहका पदाधिकारीलाई एक समारोहबीच सहकारीको अभिलेख हस्तान्त्रण गरिएको छ । सहकारी तथा डिभीजन कार्यालय नेपालगन्जद्वारा आयोजित स्थानीय तहका […]