जुम्ली सेवा समाज मुगुको अध्यक्षमा बुढा निर्विरोध

२५ चैत्र २०७४, आईतवार ०९:१६
 

सदरलाइनडटकम 
२५ चैत, मुगु  : जुम्ली सेवा समाज मुगुको अध्यक्षमा पुन :  धान्ने बुढा निर्विरोध चयन भएका छन् । समाजको विशेष अधिवेसन तथा वनभोज कार्यक्रममा बुढा निर्विरोध चयन भएका हुन् ।
सहयोग, सदभाव र एकता सामाजिक कार्यमा प्रतिवद्धता भन्ने मुल नाराका साथ सम्पन्न भएको अधिबेसन आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको बताइएको छ ।
यस्तै समाजको वरिष्ठ उपाध्यक्षमा चन्द्र सिहं रावत, उपाध्यक्षमा अष्टप्रसाद अधिकारी, सचिवमा विष्णु रावत र कोषध्यक्षमा सिता बुढा निर्विरोध चयन भएका छन् । सदस्यमा खगेन्द्र कार्की, कर्ण बुढा, रमाकान्त आर्चाय, साउने भण्डारी, राजन भण्डारी, असला भण्डारी, मिमराज खत्री, बसन्ती शाहि र शान्ति अधिकारी रहेका छन् ।
सल्लाहकार समितिमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सदस्यमा धनप्रसाद शर्मा, चुम्मा रावत, धन सुधन चौलागाई, राजिमन बुढा, बसन्तकुमार शाहि रहेका छन् । कार्यक्रमको अवसरमा समाजमा राम्रो काम गर्ने, नयाँ आएका कर्मचारीलाई सम्मान गरिएको थियो । समाजको २०५७ सालमा स्थापना भएको हो ।

Next Post

नेपलगन्ज–१७ मा गाईवस्तुको निशुल्क स्वास्थ्य जाँच

२५ चैत्र २०७४, आईतवार ०९:१६
सदरलाइनडटकम    २५ चैत, नेपालगन्ज  : नेपालगन्ज उप–महानगरपालिका वडा नंं १७ परसपुरमा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशु स्वास्थ्यलाई मध्यनजर गर्दै उप–महानगर पशु सेवा शाखाको आयोजनामा एक दिने पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो । परसपुर दक्षिण आँपबगियामा आयोजना गरिएको शिविरको नेपालगन्ज उप–महानगरपालिकाका वडान १७ का अध्यक्ष अजयकुमार […]