ट्रकको ठक्करले यादव गम्भीर

२४ चैत्र २०७४, शनिबार २०:०९
 

सदरलाइनडटकम 
२४ चैत, नेपालगन्ज  :  नेपालगन्ज–कोहलपुर सडकखण्डको गनापुर नजिकै शनिबार साँझ भएको सडक दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेकबहादुर तामाङ्गले दिएको जानकारी अनुसार कोहलपुरबाट नेपालगन्जतर्फ आउदै गरेको लु १ ख ३९९१ नं. को ट्रकले भे ७ प १५१७ नं. को मोटरसाईकलाई ठक्कर दिदा खजुरा गाउपालिका–५ का प्रमोद यादव गम्भीर घाइते भएका छन् ।
घाइते यादव गनापुरमा रहेको गणेश पेट्रोलपम्ममा जानलाग्दा ट्रकले ठक्कर दिएको थियो । ट्रक प्रहरी नियन्त्रणमा लिएर घाइते यादवको नेपालगन्ज नर्सिङ्गहोममा उपचार भईरहेको छ ।

Next Post

जुम्ली सेवा समाज मुगुको अध्यक्षमा बुढा निर्विरोध

२४ चैत्र २०७४, शनिबार २०:०९
सदरलाइनडटकम  २५ चैत, मुगु  : जुम्ली सेवा समाज मुगुको अध्यक्षमा पुन :  धान्ने बुढा निर्विरोध चयन भएका छन् । समाजको विशेष अधिवेसन तथा वनभोज कार्यक्रममा बुढा निर्विरोध चयन भएका हुन् । सहयोग, सदभाव र एकता सामाजिक कार्यमा प्रतिवद्धता भन्ने मुल नाराका साथ सम्पन्न भएको अधिबेसन आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति […]