बालश्रमिकका अभिभावकलाई व्यावसाय सञ्चालनमा सहयोग

२३ चैत्र २०७४, शुक्रबार १६:००
 

सदरलाइनडटकम 
२३ चैत, नेपालगन्ज : बालश्रमिक रहित उप–महानगर बनाउने उद्देश्यले विभिन्न दातृ निकायको सहयोगमा नेपालगन्ज उप–महानगरपालिकाले विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपालगन्ज उप–महानगर भित्र रहेका श्रमिक बालबालिकाको परिवारलाई शुक्रबार सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपालगन्ज उप–महानगरको वडा नं. १०, ११, १२, १६ र १७ मा रहेका आर्थिक रुपमा बिपन्न श्रमिक परिवाको आयआर्जनमा सहजता ल्याउने उद्देश्यले किराना ब्यवसाय संचालनको लागि ८ परिवारलाई सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपालगन्जमा सम्पन्न हस्तान्तरण कार्यक्रममा बोल्दै वडा नं. १२ का बडा अध्यक्ष बुद्धिसागर सुवेदीले प्राप्त गरेको सहयोग सामाग्रीको सहि सदुपयोग गरि ब्यवसाय शुरु गर्दै आफ्ना बालकालिकालाई श्रममा होईन विद्यालय पठाउन सबैमा अनुरोध गरे ।
उनले आर्थिक रुपमा बिपन्न परवारलाई गरिएको सहयोग आय आर्जनको महत्वपूर्ण माध्यम बन्ने बिश्वास ब्यक्त गरे । सहयोग प्राप्त गर्ने परिवारहरुले संचालन गर्ने ब्यवसायको वडाबाट समेत अनुगमन गर्ने उनको भनाई थियो ।
हस्तान्तण कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष सुवेदी, वडा नं. १० का वडा सदस्य नर बहादुर बिष्ट, वडा नं. ११ का वडा सचिब चन्द्रकुमार गोडीया र वडा नं. १७ का वडा सदस्य फिरोज बेहनाले वडामा सहयोग पाउने परिवारलाई सामाग्री हस्तान्तरण गरेका थिए ।
सहयोग सामाग्री प्राप्त गरेपछि बोल्दै वडा नं. १७ का स्माईल बागवानले खुसी ब्यक्त गरे । उनले प्राप्त सामाग्रीले दैनिक आयमा सहजता ल्याउने बताए ।
त्यसैगरी वडा नं. १२ का ओमबहादुर थापाले आर्थिक अभावमा केही सामान राखेर घुम्ती पसल संचालन गरिरहेको बताउदै सामाग्री पाउदा ब्यवसाय बढ्ने बताए । उनले ब्यवसायलाई निरन्तरता दिने र बालबालिकाहरुलाई बिद्यालय पठाउने प्रतिबद्धता गरे ।
नेपालगन्ज उप–महानगरको आयोजना, युनिसेफको सहयोग तथा बास नेपालगन्जको सहजिकरणमा सञ्चालित बालश्रम न्यूनिकरण तथा बालसंरक्षण कार्यक्रम अन्तरगत सम्पन्न कार्यक्रमको संचालन बासका उपनिर्देशक हेमराज भट्टले गरेका थिए ।
कार्यक्रम अन्तरगत बासले पाच ओटै वडाका ८ परिवारलाई किराना सामाग्री, ५ परिवारलाई बाख्रा, १ परिवारलाई कस्मेटीक र १ परिवारलाई सिलाई कटाई ब्यवसाय संचालन गर्न मेसिन प्रदान गर्नेछ । यस अघि सहयोग पाउने परिवारलाई एकदिने ब्यवसायीक परामर्श तथा उद्यमी तालिम दिईएको थियो ।  

Next Post

नेपालगन्ज उप–महानगरको ६ नंबर वडा खुल्ला दिसामुक्त घोषणा

२३ चैत्र २०७४, शुक्रबार १६:००
सदरलाइनडटकम  २३ चैत, नेपालगन्ज : बाँकेलाई पूर्ण सरसफाई जिल्ला घोषणा गर्ने तयारीलाई तीब्र पारिएको छ । यसक्रममा नेपालगन्ज वडा नं ६ लाई शुक्रबार खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । नेपालगन्ज यप–महानगरका अव ४ वटा वडा खुलादिसा मुक्त घोषणा हुन बाँकी रहेका छन् । नेपालगन्ज उप–महानगरलाई खुल्ला दिसामुक्त बनाउने अभियान […]

सम्बन्धित