वडा नं. १२ लाई निःशुल्क तथा अनिवार्य आधारभुत शिक्षाको वडा घोषणा गरिदै

२१ चैत्र २०७४, बुधबार २०:०९
 

सदरलाइनडटकम
२१ चैत, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपलिका वडा नं. १२ लाई बालमैत्री स्थानीय शासन घोषण गर्ने अभियान अन्र्तगत २०७५ असोज २० गते भित्र सो वडालाई निःशुल्क तथा अनिवार्य आधारभुत शिक्षाको वडा घोषणा गरिने भएको छ ।
सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्लबको साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ वडा समितिको कार्यालयले आयोजना गरेको कार्यशालाले वडा अध्यक्ष बुद्धिसागर सुवेदीको संयोजकत्वमा वडा शिक्षा समिति गठन तथा कार्ययोजना सार्वजनिक गर्दै सहभागिहरुले हस्ताक्षर मार्फत प्रतिबद्धता समेत जनाएका छन् ।
स्थानीय निर्वाचित जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा बालसंरक्षण समिति, स्थानीय अभिभावक तथा बालक्लब प्रतिनिधीहरुको सहभागिता रहेको सो कार्यशालले ९ सदस्यीय वडा शिक्षा समिति गठन गर्दै वडाको सेवा क्षेत्रमा रहेका विद्यालयहरुको संयोजनमा टोल शिक्षा समिति गठन गरी योजना गरिएको अवधीभित्र वडालाई निःशुल्क तथा अनिवार्य आधारभुत शिक्षा घोषणा गरिने भएको छ ।
अभियानलाई सफल बनाउनका लागि वडा समिति कार्यालय मार्फत प्रदान गरिने सेवाहरुमा बालबालिकाहरु अध्ययनरत रहेको नरहेको खोजतलास गरी सेवा प्रदान गरिने वडा अध्यक्ष सुवेदीले बताए । हाल सो वडामा ३ देखि ५ बर्ष उमेर समूहका ७१ जना बालबालिकाहरु विद्यालयभन्दा बाहिर रहेको हुँदा सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याउनका लागि रणनीति तयार गरी विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ ।
कार्यशालाबाट गठित वडा शिक्षा समितिमा विभिन्न क्षेत्रहरुबाट मिना बर्मा, सुशीला शाह, अनिता खटिक, जनकराम भण्डारी, रामू चिडिमार, माधव राज अधिकारी, सरिता खड्का, कमला कुर्मी रहेका छन् । समितिमा नगर शिक्षा समिति तथा वडा बालक्लब संजालबाट प्रतिनिधी थप गरिने भएको छ ।
८० जना बढि वडावासीको सहभागिता रहेको कार्यशालामा सेभ द चिल्ड्रेनका शिक्षा परियोजना अधिकृत फूलकुमारी चौधरी, बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत राम श्रेष्ठ, फिल्ड अधिकृत ईश्वर विकले सहजिकरण गरेका थिए भने सो कार्यशालामा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक आशिष बर्मा, वडा सदस्य तरुण बज्राचार्य, दिनेशराज पन्तलगायतले पनि बोलेका थिए । सिराज खानको सहयोगमा 

Next Post

रेडक्रशकर्मीका लागि बाँकेमा तथ्यांङ्क व्यवस्थापन तालिम

२१ चैत्र २०७४, बुधबार २०:०९
सदरलाइनडटकम  २२ चैत, नेपालगन्ज : विपदको बेलामा उद्दारका तथा राहत पुराउनको लागि तथ्याङ्कले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति एवं राष्ट्रिय विपद् ब्यवस्थापन समितिका सदस्य गोवर्धन सिंह सम्झनाले विपद् ब्यवस्थापनका विभिन्न गतिबिधिहरुलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि तथ्याङ्कले […]