बाँके राधापुरका किसानलाई तरकारी खेतीको तालिम

१९ चैत्र २०७४, सोमबार १८:२९
 

सदरलाइनडटकम  
१९ चैत, नेपालगन्ज : बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरका किसानहरु ब्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । राधापुरका किसानहरुको आवश्यकता अनुसार खजूरा गाउँपालिकाको सहयोगमा समृद्धिका पाईलाले वडा कार्यालयसँगको सहकार्यमा तरकारी खेती सम्बन्धी एक हप्ते तालिम आईतबारदेखि सुरु गरेको छ ।
तालिमको उद्घाटन गर्दै खजूरा गाउँपालिकाका प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले सिचाईको सुविधा भएको राधापुर बेमौसमी तरकारी खेतीका लागि उपयुक्त भएको बताए ।
एकगाउँ एक उत्पादनको नीति ल्याउदैछौं, कार्यकारी अधिकृत श्रेष्ठले भने,– जीवन निर्वाह भन्दा पनि आर्थिक समृद्धिका लागि तरकारी खेतीमा लाग्नुस ।’ तालिममा ब्यावसायिक तरकारी खेती गर्ने सोच बनाएका ४० जना किसानहरुको सहभागिता रहेको छ । सैद्धान्तिक र ब्यवहारिक गरी एक हप्ताको तालिमपछि किसानहरुले आ–आप्mना बारीमा बेमौसमी तरकारी खेती गर्ने भएका छन् ।
उनले तालिममा सिकेका ज्ञानलाई ब्यवहारमा लागु गर्न आग्रह गरे । तालिमको उद्घाटनमा नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, कृषक समूह महासंघका केन्द्रीय सदस्य मगनसिंह थापा, खजूरा गाउँपालिका कार्यपालिकाका सदस्य फत्तेकुमारी जैसीले जीवन निर्वाहमुखी खेतीबाट माथि उठेर ब्यावसायिक तरकारी खेती गर्न सके किसानको वास्तविक समृद्धि हुने बताए ।
तालिममा खजूरा गाउँपालिका कृषि शाखाका राधिका पौडेल र अंकित बिश्वकर्माले सहजिकरण गरेका छन् । खजूरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्लका अनुसार तालिममा सहभागी किसानलाई ब्यवसायिक खेतीका लागि उन्नत जातको बिउ लगायतको अन्य सहयोग गरिनेछ ।
समृद्धिका पाईलाका अध्यक्ष किरण ढकालका अनुसार किसानलाई ब्यवसायिक खेतीमा सहयोग गर्न राधापुरमा माटो परीक्षण समेत गरिने भएको छ ।

Next Post

न्यायको माग

१९ चैत्र २०७४, सोमबार १८:२९
सदरलाइनडटकम १९ चैत, नेपालगन्ज : नेपालगन्ज—६ फुल्टेक्रा बाँकेका मोहम्मद जाबिर खानले आफुलाई उच्च सेनाका केही अधिकारीहरुले दुःख दिएर सेनाबाट राजिनामा गराएको आरोप लगाएका छन् । नेपाली सेनाका प्युठ  श्री नं. ४ बाहिनी अडडामा कार्यरत भएका बेला उत्तध्m बाहिनीका अधिकारीहरुले आफु माथि दुब्र्यवहार गर्नुका साथै दुःख दिएर राजिनामा गर्न लगाएको भन्दै […]