राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता रोकियो

१८ चैत्र २०७४, आईतवार १९:१३
 

सदरलाइनडटकम  
१८ चैत, नेपालगन्ज : राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल र बाँके बहिरा क्रिकेट बहिरा संघको संयूक्त आयोजनामा यहि चैत २० देखि २५ गतेसम्म हुने भनिएको प्रतियोगिता स्थगित भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा हुने भनिएको नबौ राष्ट्रिय बहिरा प्रतियोगिता रोष्ट्रिय खेलकुद परिषदको आग्रह र राष्ट्रिय बहिरा क्रिकेट संघको अनुरोधमा स्थगित गरिएको आज कोहलपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।
राष्ट्रिय खेलकुद परिषदले आयोजन ागर्न लागीएको पारा ओलम्पीयन खेलकुदको समापन पछि मात्र सो क्रिकेट प्रतियोगिताको आयोजना गर्ने बहिरा क्रिकेट संघ बाँकेका कार्यबाहक अध्यक्ष सन्तोष केसिले जानकारी दिए ।
उनले प्रतियोगिता सरेकोमा सम्पुर्ण सहयोगी मनहरु संग क्षमा समेत मागेका थिए । उक्त स्थगित गरिएको नबौँ राष्ट्रिय प्रतियोगिता आगामी जेष्ठ १४ देखि २० गते सम्म संचालनमा आउने केसीले बताए ।
सो प्रतियोगितामा ९ जिल्लाका (बाँके, काठमाण्डौँ, रुपन्देहि, कास्की, धनुषा, सुनसरस्, मोरङ, मकवनपुर, र झापा ) बहिरा क्रिकेटरहरु सहभागी रहने आयोजकले जनाएको छ । सो प्रतियोगिताम प्रथम र द्धितिय समुहबाट २५ जना खेलाडीहरुलाई अक्टोबर १२ देखी २४ सम्म श्रीलंकाको राजधानी कोलम्बोमा हुने बहिरा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागि गराउने समेत आयोजकले जनाएको छ ।

Next Post

भारतले दशगजामा बनाएको सडकका कारण नरैनारपुर गाउपालिका डुवानको जोखिममा

१८ चैत्र २०७४, आईतवार १९:१३
सदरलाइन  / रुद्र सुवेदी १९ चैत, नेपालगन्ज : भारतले एकतर्फी अन्तराष्ट्रिय सन्धी मिचेर दशगजा नजिकै बनाएको बाटोको कारण बाँकेको नरैनापुर गाउपालिका पूर्ण रुपले डूवानमा पर्ने भएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले भरतले बाँकेको पूर्वी नाका सुईया बघौडा हुँदै घोरदोरिया, जमुनाहा लगायतको दशगजा क्षेत्रमामै समानन्तर बाँध जस्तै सडक […]