मुगुको छाँयानाथ रारा नगरपालिकाको वडा नम्बर ६ को बालैबस्ती छाउपढी गोठमुक्त

१८ चैत्र २०७४, आईतवार १०:१५
 

सदरलाइन / शुभाकर विश्वकर्मा  
१८ चैत, मुगु : छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ लाई छाउपढी गोठमुक्त घोषणा गरिएको छ । मुगु जिल्लाको तेस्रो वस्तीको रुपमा बालैबस्तिलाई छाउपढी मुक्त बस्ति घोषणा गरिएको हो ।
यसअघि मध्यपश्चिम कै पहिलो वस्तिको रुपमा मुगुको शोभा गाउँलाई घोषणा गरिएको थियो भने । गत माघ २ गते वडा नम्बर ३ माथि तुमलाई पनि छाउगोठ मुक्त गरिएको थियो ।
स्थानीय सरकार आएपछि समृद्धिको पहिलो खुडकिलोका रुपमा छाउगोठ मुक्त बस्ति छोषणालाई तिव्रता दिईएको छ । महिला महिनावारी (छुई) हुँदा घरमै बसे देउता रिसाउछन र घरमा विपत्ती आउछ भन्ने सोचका कारण उनीहरुलाई सो अवधीमा घर भन्दा पर गोठमा बस्नु पर्ने प्रचलन थियो ।
छाउगोठ मुक्त गराउन समहत्वपुर्ण भुमिका निर्वाह गर्ने तीन जना महिलालाई सम्मान गरिएको थियो । करिब ५५ घरधुरी रहेको सो गाउँमा ३ सयको हाराहारीमा जनसंख्या रहेको छ ।
विभिन्न चरणको अनुगमन पछि मात्र वडा समितिको सिफारिस अनुसार सो घोषणा गरिएको वडा अध्यक्ष हर्क बहादुर ऐडिले बताए । पछिल्लो समय मुगुका महिला पनि यस अभियान तर्फ आकर्षित भएका छन् ।
मुगुका अरु सात वटा बस्ति घोषणाको अन्तिम तयारीमा छन् । यसै सोहि अवसरमा कर्णाली प्रदेश सरकारको महिनाको २ दिन श्रम गर्ने निर्देशन अनुसार सो अवसरमा गाउ सरसफाई पनि गरिएको थियो ।


Next Post

कोरेक्स र नाईटोरोभ्याट चक्की सहित सुनार प्रहरी नियन्त्रणमा

१८ चैत्र २०७४, आईतवार १०:१५
सदरलाइनडटकम  १८ चैत, नेपालगन्ज : भारतबाट प्रतिबन्धित लागु औषध लिएर नेपाल आउदै गरेका भारतीय नागरिकलाई जमुनाह प्रहरीले विहान करिव ९ बजेतिर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार भारतको रुपैडिहा लहरपुरवा बस्ने ६० वर्षको राम सागर सुनारलाई २ हजार ५ सय एमएल कोरेक्स झोल र ६० चक्की नाईटोरोभ्याट […]

सम्बन्धित