कोहलपुरमा दुई नाबालकबाट ७ वर्षिया बालिका माथि यौन दुव्र्यबहार

१६ चैत्र २०७४, शुक्रबार १८:४६
 

सदरलाइनडटकम  
१६ चैत, कोहलपुर (बाँके) : कोहलपुरमा १२ वर्षिया बालिका बलात्कारमा परेको घटना सेलाउन नपाउदै पुनः ७ वर्षिया बालिका यौन दुव्र्यबहारमा परेकी छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका वडा नं। १ बस्ने वर्ष १२ का र सोहि ठाउँँ बस्ने वर्ष ९ का बालकले वर्ष ७ की बालिकालाई यौन दुराचार गरेको जानकारीमा आएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले दिएको जानकारी अनुसार घटना गत १४ गते बुधबार साँझ ५–६ बजेको समयमा भएको बताए । उनले घटना बारे जानकारी दिदै भने–‘ सुरुमा पीडित बालिकाको घरपरिवारले नै बाहिर सार्वजनिक नगर्ने भन्ने मनस्थिति बनाएर बसेको पछि बालिकाको हजुर आमाले सो घटनाको जानकारी पाएर प्रहरीलाई खबर गरेपछि अनुसंधान सुरु गरेका हौ ।’
घटना बारे जानकारी पाउने वित्तिकै प्रहरीले उनीहरुलाई स्वास्थ्य परिक्षणका निम्ती भेरी अस्पताल पुर्याएउदै उनीहरुको स्वास्थ्य परिक्षण गरी अभिभावकको जिम्मा लगाईएको बताए ।
यौन दुराचार गर्न खोज्ने पीडक र पीडित सबै कानुनमा नाबालक भएकाले पक्राउ गरिएता पनि थुनामा राख्न नमिल्ने भएकाले अभिभाबकको जिम्मा लगाएको प्रनाउ भट्टराईले जानकारी दिए ।

Next Post

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको निधन

१६ चैत्र २०७४, शुक्रबार १८:४६
सदरलाइनडटकम १६ चैत, नेपालगन्ज :पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको शुक्रबार साँझ उपचारको क्रममा निधन भएको छ। पूर्वगृहमन्त्री खड्काको भारत दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधनमा टुईट गर्दै नेता खड्काको निधन भएको जानकारी गराएका हुन्। ‘उहाँको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै,परिवारजनमा हार्दिक […]