संरक्षणको पर्खाइमा शैक्षिक धरोहर

१५ चैत्र २०७४, बिहीबार १०:५९
 

सदरलाइनडटकम
१५ चैत, नेपालगन्ज : पश्चिम नेपालको केन्द्र नेपालगन्जमा शिक्षाको जग बसाल्ने ऐतिहासिक धरोहरहरुलाई संरक्षण नगर्दा जिर्ण बनेका छन् । ऐतिहासिक धरोहर संरक्षण गर्नका लागि चौतर्फी दबाब बढेको छ ।
नेपालगन्जमा शिक्षाको जग बसाल्ने मंगल स्कुल खण्डहर बनेको भन्दै बरिष्ठ साहित्यकार एवं शिक्षासेवी सनत रेग्मीले सार्वजनिक रुपमा शैक्षिक धरोहर संरक्षण गर्न माग गरेका छन् । अहिले उक्त भवन खण्डहर बनेको छ । सन् १९८१ मा मंगलप्रसाद साहुले सो स्कुलको स्थापना गरेका थिए ।
सनत रेग्मीले सो बिद्यालयको संरक्षण हुन आवश्यक रहेको बताएपछि बिद्यालय संरक्षण गर्न अर्का साहित्यकार महानन्द ढकालले आग्रह गरे । अन्य ब्यक्तित्वहरुले पनि बिद्यालय संरक्षण गर्न आग्रह गरेका छन् ।

Next Post

न्यायाधीशका लागि को–को उतिर्ण भए ?

१५ चैत्र २०७४, बिहीबार १०:५९
सदरलाइनडटकम १५ चैत, नेपालगन्ज :  न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । परीक्षामा आधा परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् । ३० जनाको लागि भएको परीक्षामा १६ जना उत्तीर्ण भएका हुन् । उत्तीर्ण हुनेमा अधिकांश न्याय सेवाका कर्मचारी छन् । १४ जना […]