नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन माग

१४ चैत्र २०७४, बुधबार २०:१२
 

सदरलाइनडटकम 
१४ चैत, नेपालगन्ज  :  नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थलको रुपमा विस्तार गर्न पहल गरिएको छ ।
नेपालगन्ज उप–महानगरको अगुवाईमा बुधबार बसेको सर्वदलीय वैठकले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थलकारुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसँग अनुरोध गरेको हो ।
उप–महानगरका प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा प्रदेश सभा सदस्य, जनप्रतिनिधी, सम्वद्ध नि   कायका अधिकारी, नागरिक समाजका अगुवा सहितकोे वैठकले विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थलको रुपमा विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन ५ नं. प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
पश्चिम नेपालको प्रवेश विन्दु र व्यापारिक नाका भएको नेपालगन्जमा सुख्खा बन्दरगाहा निर्माण प्रक्रिया अघि बढीरहेको र कैलास मानसरोबर लगायत अन्य धार्मिक स्थलहरुसम्मको पर्यटकिय रुट विस्तार हँुदै गरेको सन्दर्भमा अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्ने आवश्यकतामा जोड दिदै सो को पूर्वाधार निर्माण सम्बन्धी एक अध्ययन टोली गठन गरी प्रक्रिया बढाउन जोडदार माग गरिएको छ ।
यस्तै भारतीय शहरहरुमा उडानको व्यवस्था गरि दिन पनि आवाज उठाइएको छ । मानसरोवर लगायत अन्य धार्मिक पर्यटकीय स्थलमा आउने भारतीय तिर्थयात्रुहरु, व्यापरिक तथा अन्य यात्रुहरुलाई हवाई यातायात उपलब्ध गराउन तत्काल भारतका शहरहरुमा हवाई उडान गर्न आवश्यक व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय गरिएको उप–महानगरका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।
राँझा ंविमानस्थल क्षेत्रमा रहेका जग्गा मुआब्जा सम्बन्धी केही व्यक्तिले मुआब्जा प्राप्त गरेको तर कतिपयले हालसम्म मुआब्जा नपाएको विषयमा टुङ्गो लगाउन यथाशिघ्र प्रारम्भीक अधिकारी तोकी प्रक्रिया अगाडि बढाउन पनि नेपाल सरकार समक्ष अनुरोधसहितको माग गरिएको छ ।
प्रदेश सभासद सुरेन्द्र हमाल, आईपी खरेल, पार्वती (उषा) पुन, मो याकुव अन्सारी, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, उप–महानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नागरिक उडयान प्राधिकरण नेपालगन्जका प्रमुख प्रताप बाबु तिवारी, जिल्ला प्रहरी प्रमुख टेक बहादुर तामाङ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, एमाले बाँके अध्यक्ष अशोक कोइराला लगायतको सहभागिता रहेको वैठकमा व्यापक छलफल गरिनुका साथै थप पहलकदमी लिइने पनि तयारी गरिएको छ ।
बिमानस्थल विस्तार, सुधारका लागि एअरलाइन्स र आम उपभोक्ताको सामुहिक माग आईरहेकाले उप–महानगरपालिकाले सम्वोधनका लागि सम्वन्धित पक्षसमक्ष प्रक्रिया अगाडि बढाउने पहल गरेको नगर प्रमुख डा राणाले बताए ।


 

Next Post

राप्तीसोनारीले गाउँसभाबाट १६ वटा कानुन पारित, न्यायिक समितिलाई पुर्णता, लेखा समिति गठन

१४ चैत्र २०७४, बुधबार २०:१२
सदरलाइनडटकम   १५ चैत, अगैया (बाँके) : राप्तीसोनारी गाउँपालिकाको दोस्रो गाउ।ण्।ण्।ण्।ँसभाले विभिन्न १६ वटा कानुन पारित गरेको छ । गाउँपालिका कार्यालय अगैयामा बुधबार सम्पन्न गाउँ सभाले सो कानुनहरु पारित गरेको हो । गाउँसभाले प्रशासकिय कार्यबिधि (नियमित) गर्ने विधेयक–२०७४, एफ.एम रेडिया े(ब्यवस्थापन तथा सञ्चालन) कार्यविधि, कृषि ब्यवसाय प्रर्वद्धन विधेयक, न्यायिक समितिले उजुरीको […]

सम्बन्धित