नरैनापुरमा नेपाली सेना र नेपालगन्ज मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

१४ चैत्र २०७४, बुधबार १९:२६
 

सदरलाइनडटकम  
१४ चैत, नेपालगन्ज : नेपाली सेनाको चार बाहिनी अड्डाको आयोजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा बाँकेको नरैनापुरमा एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
नरैनापुरको आँप बगैचामा आयोजना गरिएको सो स्वास्थ्य शिविरको नेपाली सेनाको चार बाहिनी अड्डाका बाहिनीपति अनन्त कार्कीले उद्दघाटन गरेका हुन । उनले विकटमा रहेका जनताको घरदैलोमा नै स्वास्थ्य सेवा दिने उद्देश्यले सो शिविरको आयोजना गरिएको बताए ।
बाँकेको विकट क्षेत्रमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा ८ सयको स्वास्थ्य जाँच गरिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार सो शिविरमा ३५ जनामा आँखाको मोतिया विन्दुको तत्काल शल्यक्रिया गर्नु पर्ने विरामी फेला परेको साथै नाक कान घाँटीको ६० जना र छालाका २० जना विरामीलाई नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको छ ।

स्वास्थ्यमा पहुँच नरहेको विकट क्षेत्रमा आएर विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य चेकजाँच गरेपछि नरैनापुरबासी खुसी भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सिनियर फिजिसियन डा. असिम किडवाई, डा. रोमन किडवाई, डा. विक्रम थापा, नेपाली सेनाका न्यूरोलोजिस्ट डा. नरेन्द्र बास्कोटा लगायत कन्सल्टेन्ट चिकित्सक, तथा अन्य स्वास्थ्यकर्मीको सहभागितामा सबै विभागको विज्ञसहितको स्वास्थ शिविर सञ्चालन गरिएको थियो  


 

Next Post

सन्तलियाका अग्नी पीडितलाई नगद रकम वितरण

१४ चैत्र २०७४, बुधबार १९:२६
सदरलाइनडटकम  १४ चैत, नेपालगन्ज  :  बाँकेको डुडुवा गाउँपालिकाले वडा नं.१ सन्तलिया गाउँका अग्नी पीडितलाई राहत स्वरुप नगद रकम वितरण गरेको छ । गाउँपालिकाले ४ जना अग्नी पीडित परिवारलाई नगद २ हजारका दरले वितरण गरेको हो । बुधबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्र […]