कानुन व्यवसायीहरुको राष्ट्रिय भेलाको घोषणापत्र तयार गर्ने क्रममा बबाल

११ चैत्र २०७४, आईतवार १८:३४
 

सदरलाइनडटकम
११ चैत, नेपालगन्ज : शुक्रबारबाट नेपालगन्जमा शुरु भएको नेपालका कानुन व्यवसायीहरुको राष्ट्रिय भेलाको अन्तिम दिन आज सांझ नेपालगन्ज घोषणापत्र जारी गर्ने क्रममा बिबाद उत्पन्न भएको छ ।


  घोषणापत्र जारी गर्ने क्रममा पूर्वप्रधानन्यायाधिश शुसिलाका कार्की माथि लगाइएको महाअभियोग र पूर्व प्रधानन्यायाधिश गोपाल पराजुलीका बिषयमा कुनै कुरा उल्लेख गर्न आनाकानी भएको भन्दै सभा हलमा तिब्र बिरोध प्रदर्शन भएको थियो । जसका कारण घोषणापत्र तयार गर्न अहिले ढिलाई भएको छ ।
नेपाल बारको नेतृत्वले यो बिषयमा गम्भीरतापूर्वक नलिएको भन्दै कानुन व्यवसायीहरुले तिब्र आलोचना गरिरहेका छन् । यि बिषयमा गम्भीर रुपमा छलफल भई नेपालगन्ज घोषणापत्र जारी गर्ने तयारी भइरहेको छ ।

Next Post

कानुनी व्यवसायीद्वारा २८ बुंदे घोषणपत्र जारी गर्दै १४ औं राष्टिय सम्मेलन सम्पन्न

११ चैत्र २०७४, आईतवार १८:३४
सदरलाइनडटकम ११ चैत, नेपालगन्ज  : नेपालगन्जमा जारी कानुन व्यवसायीहरुको १४ औं राष्ट्रिय सम्मेलनले २८ बुंदे ‘नेपालगन्ज घोषणापत्र’ जारी गरेको छ । घोषणापत्रमा ठुला बिबादका बिषयहरु नसमेटिएको भन्दै केही बेर बिबाद समेत भएको थियो । जारी भएको घोषणापत्रमा स्वतन्त्र न्यायपालिकालाई जोगाइराख्न डटेर लाग्ने उल्लेख छ । ‘स्वतन्त्र न्यायपालिका लोकतन्त्र र कानुनी […]

सम्बन्धित