वडा अध्यक्षद्वारा शुल्क एक रुपताको पहल

१० चैत्र २०७४, शनिबार १८:५१
 

सदरलाइनडटकम  
१० चैत, नेपालगन्ज  : नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा नेपालगन्ज उप–महानगरपालिका वडानम्बर २० मा संस्थागत विद्यालयको शु्ल्कमा एकरुपताको पहल गरिएको छ । वडा न २० का अध्यक्ष कृष्ण कार्कीले वडामा संचालित संस्थागत विद्यालयको शु्ल्कमा एकरुपता ल्याउने औपचारिक प्रक्रियाको पहल गरेका छन् ।
संस्थागत विद्यालयको शुल्कमा एकरुपता ल्याउन वडा अध्यक्ष कार्कीले ३ दिन अघि पनि संस्थागत विद्यालयका संचालकसँग छलफल गरेको जनाएका उनले शनिबार वडा अध्यक्ष कार्कीको अध्यक्षतामा बसेको संस्थागत विद्यालय संचालकहरुको बैठकले शुल्क लगायतका बिषयमा एकरुपता ल्याउने निर्णय गरेको हो ।
संस्थागत विद्यालयले मनपरी शुल्क लिदा अभिभावक मारमा पर्न थालेपछि वडा कार्यालयले शुल्कमा एकरुपता लगायतको पहलकदमी थालेको उनले बताए । बैठकले वर्गिकृत भएका र नभएका विद्यालयले लिने भर्ना शुल्क र मासिक शुल्कका बिषयमा सर्वसम्मत निर्णय गरेको जानकारी उनले दिए ।
निर्णयानुसार अनुसार निजीमा ख बर्गमा रहेका विद्यालयले एक हजार पाचसय, ग वर्गमा परेकाले एक हजार तीन सय र बर्गिकरणमा नपरेका विद्यालयले एक हजार रुपिया शुल्क लिन पाउने भएका छन् । यसमा नास्ता समेत समावेश गरिएको छ । यसैगरी नर्सरीमा ख वर्गले एक हजार एक सय ५०, ग बर्गले ९ सय र वर्गिकरणमा नपरेको विद्यालयले ७ सय ५० रुपिया मात्रै शुल्क लिन पाउने छन् ।
यसैगरी कक्षा १० मा ख वर्गले दुई हजार ६ सय र ग वर्गले दुई हजार रुपिया मात्रै शुल्क लिन पाउने निर्णय गरिएको छ । यसैगरी बैठकमा भर्ना शुल्क विद्यालय अवधीमा एक पटक मात्रै लिन पाउने र बार्षिक शुल्क दुई महनाको भन्दा कम बेशी गर्न नपाउने सहमती गरिएको छ ।
वर्गिकरणमा नपरेका विद्यालयलाई तत्काल वर्गीकृत हुन पनि वडा कार्यालयले आहवान गरेको छ । मनिकापुर क्षेत्रमा रहेका ९ वटा विद्यालय मध्ये मासिक पालैपालो वैठक बसी समिक्षासहितको छलफल गरिने पनि तयारी गरिएको छ । शिक्षामा देखिएको अन्यौलतालाई एकरुपता ल्याई देखिएका समस्यालाई नीतिगत रुपमै हल गरिने प्रयास गरिने वडा अध्यक्ष कार्कीले जनाए ।

Next Post

स्वतन्त्र न्यायपालिका हुनुपर्छ : कानुन मन्त्री

१० चैत्र २०७४, शनिबार १८:५१
कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्यायपालिकाभित्र व्यक्तिको सर्बोच्चता कायम हुन नसक्ने बताएका छन् । पूर्व प्रधानन्यायाधिश गोपाल तामाङले न्यायिक सर्बोच्चता कायम हुने तर न्यायपालिका भित्र रहेका ब्यक्तिको सर्बोच्चता कायम नरहने उल्लेख गरे ।आईतबार नेपालगन्जमा प्रेस चौतारी बा“केले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कानुन मन्त्री तामाङले स्वतन्त्र न्यायापालिकाका […]