स्थानीय तहका योजना निर्माण सुुरु

९ चैत्र २०७४, शुक्रबार ०९:४७
 

सदरलाइनडटकम 
९ चैत, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाले स्थानीय तहमा आवश्यक पूर्वाधार विकास निमार्णको योजना सुरु गरेको छ । आर्थिक वर्षको अन्त्य नजिकिदै गरेपछि योजना बनाइएका सम्पूर्ण काम हरु उपभोक्ता समितिमार्फत निर्माण प्रक्रिया थालनी गरेको छ ।
गाउँपालिकाको प्रथम गाउँसभाले पारित गरेको ७४ वटा योजनाको काम सुरु भएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी बताए । पहिलो सभामा प्रस्ताव पेश भएका आयोजनाहरु तत्काल अगाडि बढाउने भन्दै निर्माण समितिमार्फत कामको थालनी गरेको हो । उनका अनुसारु डडुवा गाउँपालिकाका ६ वटै वडामा सडक, पिसिसि, नाली निमार्ण, माटो पटान, ग्राबेल, कल्भर्ट पुल निमार्ण, खानेपानी, सार्वजनिक शौचालय, वाउण्ड्री निमार्ण लगायतका योजनाहरु रहेका छन् ।
गाउँपालिकाको ६ वटै वडामा एक साथ काम सुरु भएको छ । गाउँपालिकाले खरिद गरेको आफ्नै विभिन्न यन्त्रिक मेसिनद्धारा निमार्ण गर्न थालिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ का लागी छुट्टाइएका अधिकांस योजना कार्यान्वयनको प्रक्रियामा अघि बढेको हो । सानादेखि ठुला सबै योजना निमार्णका लागि उपभोक्ता समिति बनाएर कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

Next Post

न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन राष्ट्रपतिको आग्रह

९ चैत्र २०७४, शुक्रबार ०९:४७
सदरलाइन / रुद्र सुवेदी ९ चैत, नेपालगन्ज : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको न्यायको अन्तिम अपेक्षा रहेको न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्ने बताएकी छन् । शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको नेपाल बार एशोसियसनको १४ औं सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन । उनले पछिल्लो समय सार्वजनिक घटनाक्रमले न्यायालयमा खराब […]