बैशाख भित्र गमगढीमा सिसिटिभी : छाँयानाथ रारा नगरपालिका

९ चैत्र २०७४, शुक्रबार ०९:२३
 

सदरलाइनडटकम 
९ चैत,  मुगु  : आगामी नयाँ वर्षसम्म सदरमुकाम गमगढीलाई क्षेत्रलाई प्रविधिमैत्री बनाउदै सिसिटिभि जडान गरी सञ्चालनमा ल्याउने छाँयानाथ रारा नगरपालिककाले निर्णय गरेको छ ।
बैशाख १ बाट सदरमुकाम क्षेत्रमा सो प्रबिधि संचालनमा ल्याउने तयारी नगरपालिकाले गरेको हो । नगर प्रमुख हरि जङ्ग शाहीको अध्यक्षतामा गत चैत ८ गते नगरपालिकामा बसेको बैठकले गमगढी बजार क्षेत्र भित्र नयाँ प्रविधिमैत्री बनाउन र अपराध न्युनिकरण गर्न सिसिटिभि, साईरन सेट, लाईट विभिन्न स्थानमा जडान गरिने निर्णय गरिएको हो ।
नगर कार्यसभाबाट अनुमोदन हुने गरि गृहकार्य शुरु हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको आधिकारिक फोसवुकमा आगामी नयाँ वर्ष २०७५ बैशाख १ गते सम्म संञ्चालनमा ल्याउने निर्णय गरिएको बताइएको हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरिक्षक भिम किरण बोगटी लगायात, उपप्रमुख सुन्तला रोकाया लगायतको सहभागिता रहेको थियो ।

Next Post

स्थानीय तहका योजना निर्माण सुुरु

९ चैत्र २०७४, शुक्रबार ०९:२३
सदरलाइनडटकम  ९ चैत, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाले स्थानीय तहमा आवश्यक पूर्वाधार विकास निमार्णको योजना सुरु गरेको छ । आर्थिक वर्षको अन्त्य नजिकिदै गरेपछि योजना बनाइएका सम्पूर्ण काम हरु उपभोक्ता समितिमार्फत निर्माण प्रक्रिया थालनी गरेको छ । गाउँपालिकाको प्रथम गाउँसभाले पारित गरेको ७४ वटा योजनाको काम सुरु भएको गाउँपालिका अध्यक्ष […]