कृषकले अब भण्डारण कर्जा पाउने

५ चैत्र २०७४, सोमबार १३:२५
 

सदरलाइनडटकम  
५ चैत, नेपालगन्ज  : भेरी सहकारी संस्था लिमिटेड कोहलपुर, बाँकेले ‘कृषि भण्डारण कर्जा’ शुरु गरेको छ । प्रभु बैंक, सक्षम कार्यक्रमको सहकार्यमा भेरी शित भण्डार सहकारी संस्था लिमिटेडले ‘कृषी भण्डारण कर्जा’ शुरु गरेको हो । अब कृषकहरुले आफुले शीत भण्डारमा भण्डारण गरेका तरकारी तथा फलफुलजन्य बस्तुहरु धितोका रुपमा राखेर कर्जा पाउने छन् ।
कृषी भण्डारण कर्जाको औपचारिक सुरुवात सोमबारबाट गरिएको भेरी शित भण्डार सहकारी संस्थाका अध्यक्ष डोलराज अर्यालले बताए । उनका अनुसार, यो कार्यक्रमले शित भण्डारमा आवद्ध रहेका ३५ सय बढि कृषकहरुलाई राहात दिने छ । प्रभु बैंक कोहलपुर शाखाका प्रवन्धक बिकेश श्रेष्ठले शित भण्डारमा भण्डारण गरिएका सामाग्रीहरुलाई धितोमा रुपमा राखेर कृषकले उक्त बस्तुको मुल्यांकन गरी उक्त मुल्यको ७० प्रतिशत ऋण दिइने जानकारी दिएका छन् ।
उक्त रकम भण्डारण पति कृषकले बुझाउनुपर्ने छ । कृषी भण्डारण कर्जाबाट कृषकहरुले बेमौसमा आफ्ना बस्तुहरु बिक्री गर्न सहज हुने छ भने अर्को तर्फ भण्डारण गरिएका बस्तुहरुलाई धितोमा राखेर ऋण लिदा थप अरु काम गर्न पाउने छन् । भेरी शित भण्डारणमा दर्जनौ कृषकहरुले आलु र बिभिन्न थरीका फलफुलहरु भण्डारण गरेर बेमौसममा बिक्री गर्दै आएका छन् । यो कार्यक्रम लागु भएपछि यस क्षेत्रका कृषकहरु खुसी भएको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।

Next Post

खजुरालाई पुर्णखोप गाउँपालिका बनाउन तयारी तीब्र

५ चैत्र २०७४, सोमबार १३:२५
सदरलाइनडटकम  ५ चैत, नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका बनाउनका लागि तयारी तिब्र पारिएको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविकाहरु दैनिक जसो घर–घरमा पुगेर बालबालिकाले खोप लिए, नलिएको अनुगमनसंगै तथ्याङ्क संकलन गदै खोप नलिएका बालबालिका फेला परे उनीहरुलाई खोप दिने गरिएको छ । सो गाउँपालिकालाई चैतभित्र पुर्णखोप गाउँपालिका घोषणा […]