५ नंम्बर प्रदेशमा सरकारको मन्त्रिपरिषद विस्तार हुँदै बाँकेकी आरती मन्त्री बन्दै

४ चैत्र २०७४, आईतवार २०:२३
 

सदरलाइन  डेस्क 
४ चैत, नेपालगन्ज : ५ नंम्बर प्रदेशमा सरकार विस्तारको अन्तिम गृहकार्य सहित तयारी भएको स्रोतले जनाएको छ । ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सोमबारसम्ममा कम्तीमा ३ मन्त्री थप गरेर मन्त्रिपरिषद ६ सदस्यीय बनाउने तयारी भएको बताईएको छ ।
एमालेका आरती पौडेल (बाँके), विष्णु पन्थी (कपिलवस्तु), लिला गिरी (रुपन्देही) मध्येबाट दुईजना मन्त्री बन्ने करिब पक्का भएको एमाले स्रोतले जनाएको छ । माओवादीका सुदर्शन बराल (गुल्मी) र कृष्णा केसी (बाँके) मध्येबाट एकजना मन्त्री बन्ने चर्चामा छ ।
यसैबीच पाँच नम्बर प्रदेशको सोमबार हुने मन्त्रिपरिषद बिस्तारमा बा“केबाट नेकपा एमालेकी सभाषद आरती पौडेल मन्त्री बन्ने पक्का पक्की भएको छ । स्रोतका अनुसार उनलाई कृषि तथा भुमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिईदैछ ।
पौडेल बाँके क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सभाषद हुन । उनी प्रदेश नम्बर ५ मा प्रत्यक्ष जित्ने दुई महिला मध्ये एक हुन । सोही निर्वाचन क्षेत्र (क) मा माओवादी केन्द्रको तर्फबाट कृष्णा केसीले चुनाव जितेकी छन् ।
उनी पनि मन्त्रीको दाबेदारका रुपमा चर्चामा छिन् । तर आईतबार सांझसम्म एमालेकी पौडेल मन्त्रीका लागि पक्का भइसकेको स्रोतले जानकारी दिएको छ । सम्भवत त सोमबार नै उनी लगायतका अन्य मन्त्रीको सपथग्रहण हुने छ ।
पौडेल एमालेको बिद्यार्थी, किसान र महिला आन्दोलनको बिभिन्न मोर्चामा खटिदै आएकी छन् । शालिन र भद्र स्वभावकी पौडेल पहिलो पटक निर्वाचनमा भाग लिई चुनाव जितेकी हुन ।

Next Post

कृषकले अब भण्डारण कर्जा पाउने

४ चैत्र २०७४, आईतवार २०:२३
सदरलाइनडटकम   ५ चैत, नेपालगन्ज  : भेरी सहकारी संस्था लिमिटेड कोहलपुर, बाँकेले ‘कृषि भण्डारण कर्जा’ शुरु गरेको छ । प्रभु बैंक, सक्षम कार्यक्रमको सहकार्यमा भेरी शित भण्डार सहकारी संस्था लिमिटेडले ‘कृषी भण्डारण कर्जा’ शुरु गरेको हो । अब कृषकहरुले आफुले शीत भण्डारमा भण्डारण गरेका तरकारी तथा फलफुलजन्य बस्तुहरु धितोका रुपमा राखेर […]