स्व. दिपेन्द्रको सम्झनामा फलफुल बितरण

३ चैत्र २०७४, शनिबार ०८:५५
 

सदरलाइनडटकम 
३ चैत, नेपालगन्ज : गतवर्ष ‘ब्रेन हम्ब्रेज’ कारण दिवंगत भएका प्राविधिक पत्रकार स्वर्गीय दिपेन्द्र शाहको सम्झनामा शुक्रवार नेपालगन्जमा फलफुल वितरण गरीएको छ ।
प्राविधिक पत्रकार संघ नेपाल बाँकेले स्वर्गीय शाहको सम्झनामा नेपालगन्जको भेरी अन्चल अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको संघका अध्यक्ष नरेन्द्र सिँहले जानकारी दिए ।
नेपालगन्ज एफएममा कार्यरत स्वर्गीय शाहको ०७३ चैत २ गते निधन भएका शाहको सम्झनामा प्राबिधिक पत्रकारहरुको सो कार्यक्रम गरेका हुन । संघका अध्यक्ष सिंहले स्वर्गीय शाहका बुवाआमाको हातवाट एक सय ५ जना विरामीलाई फलफुल वितरण गरीएको बताए ।
फलफुल वितरण कार्यक्रममा भेरी अस्पतालका निमित्त सुपरिटेन्डेन डा. बद्री चापागाँई, प्राविधिक पत्रकार संघका उपाध्यक्ष सुप्रिया शर्मा, कोषाध्यक्ष प्रेरणा खड्का, सदस्य अजमत अली, विवेक रेग्मी, गणेश विष्ट लगायत संघका साधारण सदस्य गरी दर्जन वढिको सहभागीता रहेको थियो ।


 

Next Post

पर्यटन मन्त्रीको पहिलो निर्णय, निजगढ अन्तराष्ट्रिय विमानस्थललाई तीब्रता दिईने

३ चैत्र २०७४, शनिबार ०८:५५
सदरलाइनडटकम    ३ चैत, काठमाडौं : राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पद तथा गोपिनयताको सपथपछि मन्त्रालयको पदभार सम्हाल्दै देशकै मुख्य प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने उल्लेख […]