क्यान बाँकेको आयोजनामा सूचना प्रविधि गोष्ठी हुने

१ चैत्र २०७४, बिहीबार १९:१०
 

सदरलाइनडटकम 
१ चैत, नेपालगन्ज : कम्प्यूटर एशोसियन नेपाल बाँके शाखाको आयोजनामा नेपालगन्जमा सूचना र संचार प्रविधि (आईसीटी) का बिषयमा राष्ट्रियस्तरको गोष्ठी हुने भएको छ । क्यान बा“केका अनुसार, चैत्र ३ गते गोष्ठी हु“दैछ ।
क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सैनाका अनुसार, गोष्ठिमा प्रदेश नं. ५, ६ र ७ का सरकारी तथा गैह्रसरकारी अधिकारीहरु, सुरक्षा अधिकारी, व्यवसायी, कलेज र क्याम्पसका प्रमुख तथा सूचना प्रविधिप्रति चासो राख्नेहरुको सहभागिता रहने छ ।
गोष्ठीको तयारीका बिषयमा जानकारी दिन बिहिवार आयोजकले नेपालगन्जमा पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो । सो अवसरमा बोल्दै क्यान आबद्ध अगुवाहरुले गोष्ठिमा सूचना र संचार प्रविधिबारे प्रशिक्षण पनि दिईने जानकारी गराएको थियो । प्रशिक्षणका लागि आईसीटी क्षेत्रका विज्ञहरु डा. प्रमोद पराजुली, डा. अभिजित गुप्ता र चिरन्जीवि अधिकारी सहभागिता रहने छ ।
क्यानका पूर्व केन्द्रीय उपाध्यक्ष संजय थापाले साईबर सुरक्षा र सूचना प्रविधिको अधिकमत प्रयोग गर्नका लागि नीति निर्माण तहमा कसरी समाबेश गर्ने भन्ने बिषयमा बृहद छलफल हुने छ ।

Next Post

डुडुवामा ४ सयको स्वास्थ्य परिक्षण , ५ सय घरधुरी नम्बर कायम

१ चैत्र २०७४, बिहीबार १९:१०
सदरलाइनडटकम १ चैत, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाद्वारा सञ्चालन गरिएको महत्वाकांक्षि दुई अभियान ‘घर–घरमा स्वास्थ्य’ र ‘घरधुरी सर्भेक्षण’ तिब्ररुपमा अगाडि बढाईएको छ । गाउँपालिकाले केहीदिन अघिदेखि शुरु गरेको अभियान अन्र्तगत ६ वटै वडाका विभिन्न टोलका नागरिकहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले […]

सम्बन्धित