बाँके प्रहरीको चोरबिरुद्धको अभियान तीब्र

२६ फाल्गुन २०७४, शनिबार १३:५२
 

सदरलाइनडटकम  
२६ फागुन, नेपालगन्ज : बाँके प्रहरीले चोरी तथा लुटपाटका घटनाहरु बढ्दै गएपछि अपराधि समाउन आक्रमक रुपमा मिशन नै बनाएर सक्रिय भएको छ । विभिन्न वाहानामा धम्क्याउने, चोरी गर्ने लुटपाट गर्ने तथा झैझगडा गर्नेहरुलाई नियन्त्रणमा लिने कार्यलाई तिव्ररुपमा प्रहरी परिचालन गरी अभियान थालिएको छ ।
सोही अभियान अन्तर्गत केही दिनअघि एउटा कार्यालयबाट चोरी भएका ल्याप्टवसहित चोरलाई शुक्रबार नियन्त्रणमा लिएको छ । बाँकेको चारबाहीनी नजिक रहेको अडिटरको कार्यालयबाट चोरी भएका सामग्रीसहित तीन जना चोरलाई जयपुरबाट नियन्त्रणमा लिन सफल भएको मुद्दा शाखाका ईन्चार्ज प्रहरी निरिक्षक रणबहादुर विष्टले बताए ।
प्रहरी निरिक्षक विष्टका अनुसार पीडितको उजुरीका आधारमा धेरै दिनदेखि खोजी गरिरहेको भएपनि शुक्रबार सामग्रीसहित पक्राउ गर्न प्रहरी सफल भएको हो ।
शुक्रबार साँझ नेपालगन्ज उप–महानगरपालिका–१६ का १७ वर्षिय शमिर राई, सलमान राई र उप–महानगरपालिका १२ का बब्बु भनिने शेखअलि धपालीलाई नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट प्रहरीले तीनवटा चोरीका ल्याप्टव, दुईवटा कम्प्युटर मनिटर बरामद गरेको छ । हप्तादिनदेखि उनीहरुको गतिविधिलाई नियाल्दै गरेको प्रहरीले चोरीका सामग्रीसहित चोरहरु पक्रन सफल भएको प्रहरी निरिक्षक विष्टको भनाइ छ ।
यस्तै, केही दिनअघि प्रहरीको निगरानी तीव्र पारि रहेकै समयमा मोटसाइकल चोरी गर्ने एकजनालाई रंगेहात पक्राउ गरेको छ । नेपालगन्ज चोरी गर्ने क्रममा नेपालगन्जकै सदाव राईलाई पक्राउ गरेको हो । चोरी गरि रहेका बेला प्रहरीलाई देखेर भागेका राईलाई लखेटेर पक्राउ गरिएको बताइको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एस्पी टेकबहादुर तामाङ्गले चोरीको घटना अत्याधिक मात्रामा बढ्न थालेपछि प्रहरी नायव उपरीक्षकको प्रत्यक्ष निगरानीमा रहने गरी प्रहरी सहायक निरिक्षकको कमाण्डमा चोर खोज्नको लागि विषेश टोली खटाईएको जानकारी दिए । उनले सो टोलीले ७ जना चोर र चोरीको सामान समेत बरामद गर्न सफल भएको बताए ।

Next Post

नेपालमा ‘सिइओ’ सम्मेलन हुँदै, १७ देशका तीन सय विजनेश लिडर सहभागी हुदै

२६ फाल्गुन २०७४, शनिबार १३:५२
सदरलाइनडटकम २६ फागुन, काठमाण्डौ : नेपालमा पहिलो पटक सिइओ समिट तथा अवार्ड हुने भएको छ । सिइओ समिट तथा अवार्ड कार्यक्रममा १७ देशका झण्डै ३ सयजना सिइओ तथा विजनेश लिडरहरु सहभागि हुने वताईएको छ । आउँदो फागुन ३० गते काठमाडौंमा आयोजना हुन लागेको नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रम मुख्य […]