नेपालगन्ज उप–महानगरमा सामाजिक जवाफदेहिता मञ्च गठन

२५ फाल्गुन २०७४, शुक्रबार २०:३४
 

सदरलाइनडटकम  
२५ फागुन, नेपालगन्ज : नेपालगन्ज उप–महानगरको सेवा प्रवाहलाई जनमुखी, जवाफदेही बनाई सुशासन प्रवद्र्धनमा अभिवृद्धि गर्ने उद्देश्यले उप–महानगर प्रमुख डा.धवल शम्शेर राणाको अध्यक्षतामा बहुसरोकारवाला सामाजिक जवाफदेहिता मञ्च गठन गरिएको छ ।
५ नंम्बर प्रदेशमा पहिलो पटक स्थानीय तहमा आपसी समन्वय र सहजताका लागि यो संयन्त्र निर्माण गरिएको बताईएको छ । सो मञ्चको सह–अध्यक्षमा उपप्रमुख उमा थापामगर रहेको संशोधितसहितको मञ्चमा उप–महानगरका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी सदस्य सचिव रहेको सो मञ्चमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति लगायत सामाजिक तथा पेशागत संघ संस्था रहेको नेपालगन्ज उप–महानगरले जनाएको छ ।
नगर प्रमुख राणाको अध्यक्षतामा बसेको वैठकले नगरपालिकाको सबै विषयगत क्षेत्रले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा सामाजिक जबाफदेहिताका संयन्त्रहरु समावेश गराई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र गराउनका लागि निर्देशिकाहरु तयार गर्ने लगायतका निर्णय गरेको छ ।
मञ्चको चौमासिक बैठक बसी समिक्षा गर्ने, आएका सुझावलाई कार्यपालिकाको बैठकमा पेश गरी कार्यान्वयन गराउने, सेवा प्रवाहमा सल्लाह सुझाव दिने आदि निर्णय गरिएको सामाजिक विकास अधिकृत जोशीले जानकारी दिए ।
नगर उपप्रमुख थापामगरले आन्तरिक समिक्षा, अनुगमन, विधी प्रक्रिया अवलम्वन तथा सेवा प्रवाहप्रति जवाफदेही बनाउन मञ्चले अहंम भूमिका खेल्ने विश्वास व्यक्त गरीन ।


Next Post

बाँके प्रहरीको चोरबिरुद्धको अभियान तीब्र

२५ फाल्गुन २०७४, शुक्रबार २०:३४
सदरलाइनडटकम   २६ फागुन, नेपालगन्ज : बाँके प्रहरीले चोरी तथा लुटपाटका घटनाहरु बढ्दै गएपछि अपराधि समाउन आक्रमक रुपमा मिशन नै बनाएर सक्रिय भएको छ । विभिन्न वाहानामा धम्क्याउने, चोरी गर्ने लुटपाट गर्ने तथा झैझगडा गर्नेहरुलाई नियन्त्रणमा लिने कार्यलाई तिव्ररुपमा प्रहरी परिचालन गरी अभियान थालिएको छ । सोही अभियान अन्तर्गत केही दिनअघि […]