खुला दिसामुक्त अभियान तीब्र पारिदै, नेपालगन्जको वडा नं. १७ खुला दिसामुक्त

२५ फाल्गुन २०७४, शुक्रबार १०:५७
 

सदरलाइनडटकम  
२५ फागुन, नेपालगन्ज :  बाँकेलाई  जिल्लालाई  खुला  दिसामुक्त बनाउने अभियान तीव्रताका साथ अगाडि बढाईएको छ । यही वर्षभित्र जिल्लालाई नै खुला दिसामुक्त बनाउने अभियान अन्तर्गत नेपालगन्ज उप–महानगरपालिकाका वडाहरुबाट घोषणा कार्यक्रम सुरु भएको छ ।
जस अन्तर्गत बिहीबार नेपालगन्ज उप–महानगरपालिका १७ लाई खुला दिसामामुक्त घोषणा गरिएको छ । नगरलाई खुला दिसामुक्त गरी सफा र स्वच्छ नगर निर्माणका लागि वडा नम्बर १७ लाई एक औपचारिक कार्यक्रमकाबीच घोषणा गरिएको नेपालगन्ज उप–महानगरपालिकाले जनाएको छ । जम्मा सातसय ८६ घरधुरी रहेको वडामा ९७ प्रतिशत घरमा शौचालयको व्यवस्था भएपछि घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले जग्गा र आर्थिक समस्याकै कारण सौचालय निर्माण गर्न नसकेकाहरुलाई वडासँग समन्वय गर्न आग्रह गरे । तर स्रोत हुँदा हुँदै पनि अभियानलाई प्रभावित पार्ने गरी सौचालय निर्माण नगरिएको पाइएमा कारबाहीको भागीदार बनाउने चेतावनी समेत दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले खुला दिसामुक्त क्षेत्र घोषणा हुने तर पछि कार्यान्वयन नहुँदा समस्या दोहोरिएको भन्दै प्रभावकारी अनुगमन निरन्तर जारी राख्नुपर्ने बताए । उनले सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिन वडालाई अनुरोध गरे ।
खुला दिसामुक्त घोषणा कार्यक्रममा वडाअध्यक्ष अजयकुमार पाठकले सबै नागरिकको सहयोगले घोषणा गर्न सफल भएको भन्दै आगामी दिनमा पनि कार्यान्वयनका लागि सहयोग जारी राख्न अनुरोध गरे ।
वडाबासीले घोषणापछि कार्यन्वयनको लागि १३ बुँदे प्रतिबद्धता समेत जनाएका छन् । ‘अब कसैले खुला रुपमा दिसा गरेको पाइएमा कडा कारबाही गरिनेछ,’ अध्यक्ष पाठकले भने, ‘घोषणाका लागि सहयोग गर्ने तपाईसबैप्रति आभार छु, अब पूर्ण सरसफाइका लागि पनि यस्तै सहयोग गर्नुहोस् ।’

Next Post

स्थानीय तहमा सुशाशन सिकाउदै ‘साझेदारी’

२५ फाल्गुन २०७४, शुक्रबार १०:५७
   सदरलाइन / रुद्र सुवेदी २५ फागुन, नेपालगन्ज : साझेदारी विकास परियोजनाले स्थानीय तह र निकायमा योजना छनौट, पारदर्शीता र सुशाशनको बारेमा सघाउदै आएको कारण बाँकेका स्थानीय तह सञ्चालनमा सहज भएको पाईएको छ । अमेरिकी सहयोग नियोग यूएसआईडीको सहयोगमा बाँकेमा इन्रुडेकको सञ्चालनमा रहेको साझेदारी विकास कार्यक्रमले जनप्रतिनिधिलाई हरेक बिषयमा प्रशिक्षण दिई […]

सम्बन्धित