मालपोत कार्यालयमा भ्रष्टाचारबिरुद्ध बासको सत्याग्रह

२३ फाल्गुन २०७४, बुधबार ०९:१२
 

सदरलाइनडटकम 
२३ फागुन, नेपालगन्ज : भ्रष्टाचारबिरुद्ध क्रियाशिल ‘बास’ ले सरकारी कार्यालयमा हुने भ्रष्टाचार तथा ढिलासुस्ती बिरुद्ध दवाव दिने उद्देश्यले सत्याग्रह अभियान सञ्चालन गरेको छ ।
बिभिन्न जिल्लाका मालपोत कार्यालयहरुमा हुने ढिलासुस्ती र भ्रष्टाचार बिरुद्ध सत्याग्रह सांकेतिक रुपमा दवाव दिन आयोजना गरिएको बासले जनाएको छ ।
बासका बर्दिया, सुर्खेत, सल्यान, उदयपुर, अछाम, दाङ्ग, शाखाले कार्यालयमा हुने सबै प्रकारका भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीका बिरुद्ध सांकेतिक दवाव दिने उद्धेश्यले भ्रष्टाचार बिरुद्ध सत्याग्रह कार्यक्रम गरेको प्रवक्ता हेमराज भट्टले जनाएका छन् ।
कार्यक्रम अन्तरगत बिहान १० बजेदेखि १ घण्टा कार्यालयको मुल गेटमा मालपोतमा घुस लिईदैन, म घुस लिन्न, मालपोत भ्रष्टाचार निषेधित क्षेत्र हो, घुस्याहाहरुलाई प्रबेश निशेध, घुस माग्ने कर्मचारीलाई के का लागि भनेर सोध्ने गरौं लगायत भ्रष्टाचार बिरुद्धका नारा अंकित प्लेकार्ड सहित संस्थाका पदाधिकारी तथा युवाहरुले सांकेतिक रुपमा सेवा प्रवाह सुधार गर्न दवाव दिएका थिए ।
सो सत्याग्रह पश्चात संस्थाले मालपोत कार्यालयको सेवा प्रवाह सुधार सहित मालपोत कार्यालयका प्रमुखहरुलाई १३ बुदें ज्ञापन पत्र बुझाएको बासका प्रबक्ता भट्टले बताए ।


बास बर्दिया शाखा अध्यक्ष खुमेश सुवेदी, सुर्खेत शाखा अध्यक्ष प्रशान्त ढकाल, सल्यान शाखा अध्यक्ष अनिल भण्डारी, अछाम शाखा अध्यक्ष बिष्णु खड्का, दाङ्ग, शाखा अध्यक्ष नविन अभिलासी र यदयपुर शाखाका पदाधिकारीहरुले कार्यालय प्रमुख लाई हस्तान्तरण गरेको सो ज्ञापन पत्रमा मालपोतमा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गरियोस्, बिभिन्न बहानामा लिईने घुस लिन तत्काल बन्द गरियोस्, नियमित रुपमा नागरिकका गुनासो सुनुवाई गरियोस्, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरियोस्, सुचना अधिकारी र गुनासो सुन्ने अधिकारीलाई सक्रिय बनाईयोस लगायतका रहेका छन् ।


 

 

Next Post

दुईतिहाइको सरकार बन्ने पक्का

२३ फाल्गुन २०७४, बुधबार ०९:१२
काठमाडौंः उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने भएको छ । फोरम कार्यसम्पादन समितिको मंगलबारको बैठकले वाम गठबन्धन र फोरमबीच हुने राजनीतिक सहमतिको मस्यौदालाई अनुमोदन गर्दै फोरमले औपचारिक रूपमा सरकारमा जाने निर्णय गरेपछि ओली सरकार दुईतिहाइ बहुमतयुक्त बनेको […]