डाँफे कफलाई स्तरिय बनाउन पुरस्कार राशीमा बृद्धि

२१ फाल्गुन २०७४, सोमबार १९:४९
 

सदरलाइनडटकम 
२१ फागुन, नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका–४ को डी गाउँमा आगामी फागुन २४ गतेदेखि हुने प्रतियोगितालाई स्तरिय र व्यवसायिक बनाउका लागि पुरस्कार राशीमा बृद्धि गरिएको आयोजक न्यु डाँफे स्पोर्टस् क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष तिलकबीर सुनारले प्रतियोगिता सञ्चालनको तयारी बिषयमा सोमबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी खेललाई मोफसल कै सबैभन्दा ठूलो बनाउने लक्ष्यका साथ पुरस्कार राशीलाई बढाइएको बताए । विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगिताको पाँचौ संस्करणसम्म आइपुग्दा क्लवले पुरस्कार राशी एकलाख ३५ हजार पु¥याएको छ ।
आयोजकले एक हप्तासम्म सञ्चालन हुने नकआउट प्रतियोगितामा बाँके  जिल्लाका १३ वटा क्लवहरुको सहभागिता रहने जानकारी दिएको छ । विगतका वर्षहरुमा घरेलु क्लवमा आबद्ध भई बाह्य खेलाडीहरुको वर्चश्व रहँदै आएकोमा यसपटक भने आयोजकले सीमा तोकिदिएको छ ।
पाँचौ संस्करणदेखि क्लवहरुले बढीमा चारजनामम्म बाह्य खेलाडिहरु समावेश गर्न पाउनेछन् । घरेलु खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना भएपनि पुरै सेट नै बाहीरका आउन थालेपछि यसपटक चार जनालाई मात्र सहभागी गराउन निर्देशन दिएको अध्यक्ष सुनारले बताए ।
विदेशी खेलाडिहरु समेत सहभागी हुने प्रतियोगिताको प्रथम टिमले एकलाख ३५ हजार पाँचसय ५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, दृतिय हुने समूहले ६५ हजार पाँचसय ५५ रुपैयाँ ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा सहभागी खेलाडिहरुमध्ये उत्कृष्ट प्रदर्शन गर्ने बेष्ट प्लेयर र बेष्ट स्कोररलाई नगद दुईहजार पाँचसय रुपैयाँ र प्रशंसापत्र प्रदान गरिने आयोजकले जनाएको छ । तीनहजार पाँचसय रुपैयाँ दर्ता शुल्क तोकिएको प्रतियोगितामा सहभागी समूहले प्रथामिक उपचार बाहेक अन्य सबै खर्च आफै व्यवस्थापन गनुपर्ने आयोजकको भनाइ छ ।
बाँकेमा फुटबल खेललाई व्यवसायिक बनाउन महत्वपूर्ण भूमिका मानिएको डाँफे नकआउट फुटबल प्रतियोगिताको पहिलो संस्करणमा पुरस्कार राशी २५ हजार रहेको थियो । यस्तै, दोस्रो संस्करणमा ४० हजार, तेस्रोमा ५५ हजार र चौथोमा एकलाख ११ हजार एकसय ११ रुपैयाँ रहेकोमा यसपटक बृद्धि गर्दै एकलाख ३५ हजार पु¥याइएको हो ।
आगामी संस्करणहरुमा अँझ प्रतियोगितालाई विस्तार गर्नुका साथै खेलाडिको व्यवसायिकताका लागि पुरस्कार राशीको पनि बृद्धि गर्ने आयोजकको भनाइ छ । पत्रकार सम्मेलनमा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष वलीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिशनमा रहेका बेला बाँकेमा हुने कुनैपनि प्रतियोगिताले नेपालगन्जको खेल जगतलाई जागरुक भएकाले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग समेत गर्ने प्रतिबद्धता जनाए ।

Next Post

वडा स्तरीय बालक्लब संजालको गतिबिधि तीब्र पारिदै

२१ फाल्गुन २०७४, सोमबार १९:४९
सदरलाइनडटकम २१ फागुन, नेपालगन्ज : बालमैत्री उप–महानगरको निर्माणको लागि वडा स्तरीय बालक्लब संजालको गतिबिधिलाई तीब्र पारिएको छ । यसक्रममा सोमबार बसेको सञ्जालको बैठकले नेपालगन्ज उप–महानगरपालिका–१० का अन्तरगत रहेका सबै बिद्यालयहरुमा बाल क्लब गठन र पूर्नगठन गर्ने निर्णय समेत गरेको छ । सोमबार नेपालगन्ज उप–महानगरपालिका– १० नं. वडा कार्यालयको सहयोगमा बास […]