पश्चिम नेपालका अग्नी रक्षकका लागि १० दिने विषेश तालिम नेपालगन्जमा सुरु

२० फाल्गुन २०७४, आईतवार १८:१८
 

सदरलाइनडटकम
२० फागुन, नेपालगन्ज : नेपालगन्ज उप–महानगरका प्रमुख डा. धवल शम्शेर राणाले आगलागी जस्तो विपदमा उद्दार तथा नियन्त्रणमा खटिने व्यक्तिले अत्यन्तै अनुशासित र मर्यादित हुनु पर्ने बताएका छन् ।
नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा अग्नी नियन्त्रकका लागि १० दिने एड्भान्स फायर फाईटिङ्ग र विपद व्यवस्थापन तालिमको उद्दघाटन गर्दै सो कुरा बताएका हुन ।
उनले अग्नी नियन्त्रकहरु आफैमा पनि अति संवेदनशिल क्षेत्रमा उद्दार तथा आगो नियन्त्रणको लागि खटिनु पर्ने भएकोले पूर्णरुपमा अनुशासित भएर लाग्न आग्रह समेत गर्दै भएका जनशक्तिलाई दक्ष बनाउने उदेश्यले उप–महानगरले तालिमको आयोजना गरेको जानकारी दिए ।
केही महिना अगाडि बिरगन्जको एलपिजि ग्याँस फ्याक्ट्रीमा भएको आगजनीमा परेर अग्नी नियन्त्रकले समेत ज्यान गुमाउनु परेको दुखद घटनाबाट पाठ सिक्दै जोखिम युक्त काममा ज्यु–ज्यान बचाउन र आगलागीबाट हुने धनजनको क्षेती न्युनिकरण गर्नको लागि अग्नी नियन्त्रकलाई दक्ष बनाउन तालिमको आयोजना गरेको स्पष्ट पारे ।
उनले बारुण यन्त्र शाखा आफैमा अति संवेदनशिल शाखा भएकोले यसमा कार्यरत सबै मर्यादित भएर आफ्नो जिम्मेवारी पुरागर्नु पर्ने कुरामा जोड दिदै उनले भने–‘अग्नी नियन्त्रण शाखा अत्यन्तै संवेदनशिल शाखा भएकोले कार्यालय र आफ्नो ड्युटीमा खटिएको बेलामा मापसे सेवन नगर्ने साथै मर्यादित भएर आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिन चाहान्छु । यदि मर्यादित अवस्था भन्दा बाहिर रहेको पाईएमा तत्काल जागिरैबाट बर्खास्त गर्नेछ ।’
नेपालगन्ज उप–महानगरका उप–प्रमुख उमा थापामगरले समयको माग अनुसार बढ्दो शहरीकरण र आईपर्ने विभिन्न खालका विपदलाई सजिलै नियन्त्रण तथा उद्दार गर्न अग्नी नियन्त्रकहरु सक्षम हुन भनेर नेपालगन्ज उप–महानगरले तालिमको आयोजना गरेको हो र तालिममा सिकेको कुरालाई व्यवहारमा उर्तानको लागि सक्षम हुन शुभकामना समेत दिईन ।
उनले आगो तथा अन्य विपद नियन्त्रण तथा उद्दारका लागि आवश्यक उपकरण समेत आफुहरुसंग भए पनि त्यसको प्रयोग गर्ने तौर तरिका जानकारी नहुँदा नेपालगन्जमा केही महिना अगाडि भएका भिषण आगलागीलाई नियन्त्रणमा लिनको लागि निक्कै कठिन भएको स्मरण गर्दै तालिमको आयोजना गरिएको बताईन ।
१० दिनसम्म सञ्चालन हुने सो तालिमको जुद्ध बारुण यन्त्रका प्रमुख किशोर कुमार भट्टराईले प्रशिक्षण दिई रहेका छन् । उनले सहभागि अग्नी रक्षकलाई सामान्य आगलागिमा कसरी उद्दारमा खटिने, केमिकल, ग्याँस जस्ता आगलागीलाई नियन्त्रण गर्नको लागि कस्ता प्रकृया अपनाउने, अन्य विपदमा कसरी उद्दार गर्ने जस्ता कुराहरु तालिममा सैद्धान्तिक र प्रयोगात्कम रुपमा सिकाईने बताए ।
उद्दघाटन सत्रमा नेपालगन्ज उप–महानगरका प्रमुख प्रशाशकिय अधिकृत हरी प्याकुरेल, लेखा प्रमुख राजन कुमार केसीलगायतको सहभागिता रहेको सो १० दिने तालिममा बाँके, बर्दिया, सुर्खेत, दैलेखलगायतका नगरपालिकाका दमकलकर्मी सहभागि रहेका छन् ।

   


Next Post

डाँफे कफलाई स्तरिय बनाउन पुरस्कार राशीमा बृद्धि

२० फाल्गुन २०७४, आईतवार १८:१८
सदरलाइनडटकम  २१ फागुन, नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका–४ को डी गाउँमा आगामी फागुन २४ गतेदेखि हुने प्रतियोगितालाई स्तरिय र व्यवसायिक बनाउका लागि पुरस्कार राशीमा बृद्धि गरिएको आयोजक न्यु डाँफे स्पोर्टस् क्लवले जनाएको छ । क्लवका अध्यक्ष तिलकबीर सुनारले प्रतियोगिता सञ्चालनको तयारी बिषयमा सोमबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी खेललाई मोफसल […]

सम्बन्धित