नेपालगन्जको सडक, नाला निर्माणका लागि कालिका कन्ट्रक्सनसंग सम्झौता

१८ फाल्गुन २०७४, शुक्रबार १८:३२
 

सदरलाइनडटकम   
१८ फागुन, नेपालगन्ज : एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा नेपालगन्ज उप–महानगरको भित्री सडक तथा ढल÷नाला निर्माणका लागि औपचारिक रुपमा लिखित ठेक्का सम्झौता गरिएको छ ।
नगर भित्रको सडक, नाला निर्माण कार्यको जिम्मा पाएको कालिका जेडीटएसजे जेभीसँग नेपालगन्ज उप–महानगरपालिकाले ठेक्का सम्झौता गरेको हो ।
उप–महानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र कालिकाको तर्फवाट निर्देशक युवराज क्षेत्रीेवीच सम्झौता भएको उप–महानगरका प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले जानकारी दिए ।
सम्झौता लगत्तै प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले नेपालगन्जको सडक, नाला निर्माणका लागि काम शुरु भइसकेको जानकारी दिदै समयमै गुणस्तरिय काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।
नेपालगन्ज उप–महानगरपालिका अन्तर्गत संचालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत सडक, नाला निर्माणको काम गरिदैछ । सम्झौता अनुसार नगरमा ३६ किमी सडक तथा ४० कीमी नाला निर्माण हुनेछ ।
एक अर्व ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रुपैया (भ्याट र कन्टेन्जेन्सी बाहेक) को लागतमा ३० महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता रहेको परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले जानकारी दिए ।
परियोजनाले सम्पूर्ण प्रक्रिया एवं मुल्यांकन गर्दै ठेकेदार कम्पनी छनौट गरेको आयोजना प्रमुख सुनिल ठाकुरले दाबी गरे । एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा नेपालगन्ज उप–महानगरसँगको सम्झौता अनुसार परियोजना कार्यान्वयन इकाइ विगतदेखि नै नेपालगन्जमा रहेको छ ।
सडक तथा ढलहरुको काम चुस्त र प्रभावकारी बनाउन नेपालगन्ज उप–महानगरपालिकाले मापदण्ड विपरितका घर, पर्खाल लगायतका संरचना हटाउन सार्वजनिक आहवान गरि सकेको ईञ्जिनियर महर्जनले बताए । उनले पहिलो चरणमा नगरको चारवाहीनी –त्रिवेणीमोड (सदरलाइन), बलबुलियारोड विस्तार शुरु हुने जानकारी दिए ।
विद्यतु, खानेपानी, टेलीकमका संरचना स्वयं व्यवस्थित गर्नका लागि सम्वन्धित पक्षलाई पत्राचार गरेको उप–महानगरपालिकाले सुरक्षा अधिकारी, राजनीतिक दल लगायतसँग समन्वय गर्दै सबैसँग सहयोगको अपील गरेको छ । सडक निर्माणसँगै नेपालगन्जको समग्र विकासले कोल्टे फेर्ने नगर प्रमुख डा धवल शम्शेर राणाले विश्वास व्यक्त गरे ।

Next Post

घरमा नुहाउदै गरेका शाहीमाथि सांघातिक हमला

१८ फाल्गुन २०७४, शुक्रबार १८:३२
सदरलाइनडटकम १८ फागुन, नेपालगन्ज : होलि खेलेर घरमा नुहाउदै गरेका युवा माथि सामुहिक रुपमा सांघातिक हमला भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेकबहादुर तामाङ्गले दिएको जानकारी अनुसार नेपालगन्ज उप–महानगरपालिका वडा नंं.२१ पुरैनी नयाँबस्तीका २० वर्षिय अविरल जंग शाहीलाई नुहाउदै गर्दा छ जनाको समुहमा आएको समुहले सांघातिक हमला […]

सम्बन्धित