कटुवा पेस्तोलसहित बढई पक्राउ

१७ फाल्गुन २०७४, बिहीबार २०:३८
 

सदरलाइनडटकम  
१७ फागुन, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले कटुवा पेस्तोलसहित एकजनालाई नियन्त्रणमा लिएको छ । बिहीबार बाँकेको नरैनापुर–४ का रामप्रसाद बढईलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
३३ वर्षिय बढईले लुकाई छिपाई भारतबाट ल्याएको अवस्थामा बिहीबार दिउसो चार बजेतिर फक्राउ गरेको छ । संघिय प्रहरी इकाइ कार्यालय नेपालगन्जबाट खटिएको अनुसन्धान टोलीले बढईलाई खानतलासी गर्दा पेस्तोल बरामद भएको जनाएको छ । पक्राउ परेका बढईलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भगवानपुरमा बुझाएको बताएको छ ।

Next Post

नेपालगन्जको सडक, नाला निर्माणका लागि कालिका कन्ट्रक्सनसंग सम्झौता

१७ फाल्गुन २०७४, बिहीबार २०:३८
सदरलाइनडटकम    १८ फागुन, नेपालगन्ज : एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा नेपालगन्ज उप–महानगरको भित्री सडक तथा ढल÷नाला निर्माणका लागि औपचारिक रुपमा लिखित ठेक्का सम्झौता गरिएको छ । नगर भित्रको सडक, नाला निर्माण कार्यको जिम्मा पाएको कालिका जेडीटएसजे जेभीसँग नेपालगन्ज उप–महानगरपालिकाले ठेक्का सम्झौता गरेको हो । उप–महानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय […]