स्वास्थ्यका क्षेत्रमा सञ्चालित कार्यक्रमहरुको समीक्षा तथा योजना दुईदिने गोष्ठी सुरु

१५ फाल्गुन २०७४, मंगलवार १८:४३
 

सदरलाइनडटकम
१५ फागुन,ठाकुरद्वारा (बर्दिया) : बाँकेका स्थानीय पालिकाहरुमा सञ्चालनमा भएका स्वास्थ्यका कार्यक्रमको प्रगतिबारे समीक्षा तथा आगामी योजनाका बारेमा छलफल गोष्ठी मंगलबारबाट बर्दियाको ठाकुरद्वारामा सुरु भएको छ ।
जर्मन सहयोग नियोग जिआईजेड र प्लान ईन्टरनेशनलको सहयोग तथा जिल्ला समन्वय समिति बाँके र जिल्ला जनस्वास्थ्य कार्यलय बाँके संयुक्तको आयोजनामा भएको समीक्षामा चालु आर्थिक वर्षमा स्वास्थ्यमा भएका प्रगति, बाँकी रहेका कामबारे छलफल तथा तथ्यमा आधारित योजना तर्जुमा बारेमा समीक्षा गरिने छ ।
जिल्ला जनस्वास्थ्यका प्रतिनिधि, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका प्रमुख उपप्रमुखसहित ६ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, बर्दियाको बाँसगढी नगरपालिका र सुर्खेतको भेरी गंगा नगरपालिका र पालिकाहरुमा खटिएका स्वास्थ्य सयोजक, प्रमुख प्रशासकीय अधिकृत, लेखाप्रमुख, स्वास्थ्यमा काम गर्ने साझेदार संस्थाहरुका प्रतिनीधिहरु लगायतको सहभागिता रहेको कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने छ ।
सो समीक्षा बैठकले अगामी आव २०७५/७६ का लागि स्वास्थ्य क्षेत्रको प्राथमिकता तथा कार्यक्रमको निर्धारण, तथ्यमा आधारित योजना तर्जुमा गर्न स्वास्थ्यको सूचना र चालु आवको स्वास्थ्य कार्यक्रमको समीक्षा गर्दै अगामी असार मसान्तसम्मको बाँकी कार्यक्रमको कार्ययोजना तयार पारिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले जानकारी दिए ।
उनले भने,‘हामीले स्थानीय पालिकाका जनप्रतिनिधिहरुलाई स्वास्थ्यका महत्वपूर्ण कार्यक्रम, उद्देश्य र तिनको अपेक्षित प्रतिफलबारे जानकारी गराई नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, तथा नियमन गर्न सहयोग पुगोस् भनेर संयुक्त समीक्षा बैठक राखेका हौँ ।’
स्थानीय तहको अधिकारभित्र परेका स्वास्थ्य कार्यक्रमका अधिकार, साझा अधिकार, आधारभूत स्वास्थ्य सेवा,आमा सुरक्षा कार्यक्रम, नवजात शिशुस्याहार कार्यक्रम, खोप कार्यक्रम, बालस्वास्थ्य, पोषण कार्यक्रम र एकीकृत बालरोग व्यवस्थापनलगायत महत्वपूर्ण कार्यक्रम बारे पनि छलफल हुनेछ ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीबस्तबको अध्यक्षतामा सुरु भएको कार्यक्रमको पहिलो दिन सबै पालिकाले गरेका उपलब्धी तथा भोगेका चुनौतीको बारेमा प्रस्तुती र छलफल सकिएको र दोस्रो दिन आगामि योजना र कार्यान्वयनका बारेमा छलफल हुने आयोजकले जनाएका छन् ।   


 

Next Post

सामाजिक सद्भाव कायम गर्दै होली पर्व मनाउन स्थानीय धर्मगुरु र प्रशासनको आग्रह

१५ फाल्गुन २०७४, मंगलवार १८:४३
सदरलाइनडटकम  १६ फागुन, नेपालगन्ज : सामाजिक सद्भावको पर्वको रुपमा रहेको फागु पूर्णिमाको अवसरमा बाँकेका धर्मगुरुहरुले शान्तिपूर्ण रुपमा मनाउन अपील गरेका छन् । अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिका संयोजक तथा बागेश्वरी मन्दिरका मुल महन्त तथा हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, समितिका सह–संयोजक तथा मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, मौलाना मन्सुर […]