बाँकेका प्राविधिक पत्रकारले होलि मनाए

१४ फाल्गुन २०७४, सोमबार १९:३५
 

सदरलाइनडटकम 
१४ फागुन, नेपालगन्ज  : प्राविधिक पत्रकार संघ नेपाल बाँकेले सोमबार नेपालगन्जमा होलि मिलन कार्यक्रम गरेको छ । फागुन १७ र १८ गते देशभर मनाईने रंगको पर्व होलि अवसर पारेर होलिमिलन कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष नरेन्द्र सिंहले जानकारी दिए ।
अध्यक्ष सिंहको अध्यक्षतामा भएको होलि मिलनमा कार्यसमितिको सहभागिता रहेको थियो । सहभागीले सद्भाव र उल्लासको पर्व हालिलाई आपसी भाइचारा, मित्रता र उमंगका साथ मनाउन सबैलाई आग्रह गरेका छन् ।
अव हरेक बर्ष संघले बाँकेमा विशेष कार्यक्रम गरि होलि मनाउने बताएको छ । कार्यक्रममा बाँकेका विभिन्न रेडियो र टिभीका प्राविधिकहरुको उपस्थिती रहेको कोषध्यक्ष प्रेरणा खड्काले बताईन् । होलि मिलनमा एकआपसमा होलि दल्ने र शुभकामना आदानप्रदान भएको उनले जानकारी दिईन् । होलि मिलनमा प्राविधिकहरुले संयुक्त रुपमा पहिलो पटक होलि मनाएको हो ।
प्राविधिक पत्रकार संघले हरेक धार्मिक र सास्कृतिक कार्यक्रममा शुभकामना आदानप्रदान गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।


Next Post

स्वास्थ्यका क्षेत्रमा सञ्चालित कार्यक्रमहरुको समीक्षा तथा योजना दुईदिने गोष्ठी सुरु

१४ फाल्गुन २०७४, सोमबार १९:३५
सदरलाइनडटकम १५ फागुन,ठाकुरद्वारा (बर्दिया) : बाँकेका स्थानीय पालिकाहरुमा सञ्चालनमा भएका स्वास्थ्यका कार्यक्रमको प्रगतिबारे समीक्षा तथा आगामी योजनाका बारेमा छलफल गोष्ठी मंगलबारबाट बर्दियाको ठाकुरद्वारामा सुरु भएको छ । जर्मन सहयोग नियोग जिआईजेड र प्लान ईन्टरनेशनलको सहयोग तथा जिल्ला समन्वय समिति बाँके र जिल्ला जनस्वास्थ्य कार्यलय बाँके संयुक्तको आयोजनामा भएको समीक्षामा चालु […]