डुडुवा गाउँपालिकाको पञ्चवर्षिय रणनीतिक योजना तयार गरिदै

५ फाल्गुन २०७४, शनिबार १७:५७
 

सदरलाइनडटकम
५ फागुन, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाले आफ्नो समस्याको पहिचान गरि समग्र विकासका लागि रणनीतिक योजना तयार गर्न लागेको छ । गाउँपालिकाको पञ्च वर्षिय अद्यावधिक रणनीतिक योजना तयार गरि समस्या समाधान गर्नको लागि पहल सुरु भएको जनाईएको छ ।
गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको भौगोलिक क्षेत्र, जनसंख्या, शिक्षा स्वास्थ्य, कृषि, सिंचाई, बाढी प्रकोपको अवस्थालाई चित्रण गरि समाधानको योजनासहितको योजना तयार गर्ने उदेश्यले घरधुरी सर्वेक्षण सम्वन्धी दुई दिने अभिमुखीकरण शुरु भएको जानकारी दिए ।
गाउँपालिकाका प्रमुख चौधरीले आफ्नो गाउँपालिका अन्र्तगतका सम्पुर्ण परिवारको आर्थिक, सामाजिक र सांस्कृतिक समस्याको पहिचान गरि तथ्यांक संकलन गरि अनलाईन प्रर्णालीमा सुरक्षीत राखिने बताए ।
उनले नमुना गाउँपालिका बनाउनका लागि सबैभन्दा पहिले गाउँपालिकाको प्रोफाईलको आवश्यकता रहेको बताउदै तथ्याक संकलन गर्न शुरु गरिएको स्पष्ट पारे । ‘जनताको माग बमोजिम सरल र सहज तरिकाले सकेसम्म घरमै सबै सेवा पुरयाउने लक्ष्यका साथ आगामी योजना निमार्ण गरिने छ’– उनले भने ।
यसैबीच नेपालगन्जमा एक कार्यक्रमका बीचमा उनले दुई दिने योजना निर्माण सम्बन्धित अभिमुखीकरणको उदघाटन गरेका छन् । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेल, प्रेस सल्लाहकार राकेशकुमार मिश्र, वडा सचिवद्वय मानबहादुर बोगटी र ऋषिराज गौतमले रणनितिक योजनाका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
आईतबारसम्म संचालन हुने अभिमुखीकरणमा गाउँपालिकाको वार्ड नं. १ देखि ६ वडाका गरी ६० जना सकंलनकर्ताको सहभागिता रहेको छ । कार्यक्रममा विषयगत विवरणको परिभाषा, औचित्य, कानूनी आधार, प्रक्रिया, मौलिक विषयबस्तु, लगायतका विषयमा अधिबक्त प्रभाकर भट्टराईले सहजीकरण गरि रहेका छन् । अभिमुखीकरण पश्चात गाउँपालिकाले संकलनकर्तालाई समुदायमा पठाएर सर्वेक्षणको कार्य शुरु गर्नेछ ।


  

Next Post

नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासंघ बाँकेको ११ औँ साधारण सभा सम्पन्न

५ फाल्गुन २०७४, शनिबार १७:५७
सदरलाइन / रविन्द्रसिंह ठकुरी ५ फागुन, नेपालगन्ज  : ‘ब्याबसायिक संरक्षण र सांगठनिक सशक्तिकरणमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नेपाल पुस्तक तथा स्टेसनरी ब्याबसायी महासंघ बाँकेको ११ औँ साधारण सभा सम्पन्न भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी ब्याबसायी महासंघका द्वितिय उपाध्यक्ष नबराज ढकालले उद्घाटन गरेको सो कार्यक्रममा हालै सम्पन्न […]