कर्णाली क्षेत्रका सामुदायिक विद्यालयको पुस्तक पठाउन सुरु

२ फाल्गुन २०७४, बुधबार १९:१२
 

सदरलाइनडटकम 
२ फागुन, नेपालगन्ज : कर्णाली क्षेत्रका सामुदायिक विद्यालयका लागि निजि क्षेत्रद्वारा मुद्रित पाठ्य पुस्तकहरु शैक्षिक सत्र सुरु भए पनि पढाई सुरु हुनु अगावै सम्बन्धित क्षेत्रमा पुग्ने पुस्तक ढुवानीको जिम्मेवारी लिएका पुस्तक व्यवसायीहरुले बताएका छन् ।
कक्षा एकदेखि पाँचसम्मका लागि जनकशिक्षा सामग्री लिमिटेडले निजि क्षेत्रलाई किताब छपाईको जिम्मेवारी दिएअनुसार आवश्यक सबै पुस्तकहरुको छपाईको कार्य निजि क्षेत्र मुद्रण संघले जनाएको छ ।
बुधबार नेपालगन्जमा कर्णालीका सामुदायिक विद्यालयहरुका लागि निजि क्षेत्रबाट मुद्रित कक्षा एकदेखि पाँच सम्मका पाठ्यपुस्तक सम्बन्धीत पुस्तक व्यवसायीलाई वितरण गरिएको छ । कर्णालीका जुम्ला, हुम्ला र डोल्पामा फागुन एक गतेदेखि नै नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ ।
नयाँ शैक्षिक सत्र सुरु भएपनि दुईहप्ता भर्ना अभियानमा लाग्ने भएकाले फागुनको पहिलो हप्तासम्म सबै क्षेत्रमा पाठ्यपुस्तक पु¥याईसक्ने पुस्तक व्यवसायीले जनाएका छन् ।
शैक्षिक सत्र सुरु भएकै मितिमा पुस्तक पुग्नुपर्ने भएपनि सरकारले पाठ्यपुस्तक छपाइका लागि आवश्यक पीडीएफ फाइल एक महिनाअघि मात्रै दिएकोले किताब छपाइमा केही ढिलाई भएको निजि क्षेत्रको मुद्रण संस्थाले जनाएको छ ।
बुधबार नेपालगन्जमा कर्णालीका तीन जिल्लाका लागि जनक शिक्षा सामग्री नेपालगन्जका क्षेत्रीय प्रबन्धक रविन्द्रराज शर्मा, र निजि क्षेत्र मुद्रण संघका संयोजक रामलिला पाठक र शिक्षा विभाग पाठ्युपुस्तक अनुगमन तथा निर्देशन समितिका संयोजक दिपक भण्डारीको सहभागितामा कर्णालीका पुस्तक व्यवसायीहरुलाई कक्षा एकदेखि पाँच सम्मका सबै सेट पुस्तक वितरण गरिएको छ ।

Next Post

प्रधानमन्त्री कप महिला भलिबलको तयारी सकियो

२ फाल्गुन २०७४, बुधबार १९:१२
सदरलाइनडटकम   २ फागुन, नेपालगन्ज  : नेपालगन्जमा बिहीबारदेखि सुरु हुन लागेको पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबलको सबै तयारी पुरा भएको छ ।  आयोजकका तर्फबाट प्रतियोगिता अघि भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराईएको हो । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिम नेपालगन्ज आइसकेको आयोजक समितिका अध्यक्ष टिएस ठकुरीले बताए । उनले भने, […]