दाइले गरे भाइको हत्या

२६ माघ २०७४, शुक्रबार १९:४१
 

अर्घाखाँची : सन्धिखर्क नगरपालिका- ५ बागिखोलामा एकजना मजदुरको हत्या भएको छ। कपिलवस्तुको महाराजगन्ज नगरपालिका-६ घर भई हाल सन्धिखर्कको वागिखोलामा मजदुरी गर्ने २२ वर्षीय प्रेम पासवानको आफ्नै दुईदाजुको कुटपिटबाट मृत्यु भएको हो।

कुटपिट गरी भाइको हत्या गर्ने दुईदाजु २९ वर्षीय दयासंकर पासवान र २३ वर्षीय कृष्ण पासवानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदिपकुमार डिसिले जानकारी दिए।


दाजु दयासंकर पासवानकी श्रीमतीसँग मृतक प्रेम पासवानले ३ वर्ष अघि बिहे गरेका थिए। रिसिबिका कारण हत्या भएको प्रहरीले बताएको छ।

Next Post

सत्यनिरुपण आयोगबाट सातै प्रदेशमा छानबिन जारी

२६ माघ २०७४, शुक्रबार १९:४१
काठमाडौँ, २६ माघ : सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सम्बन्धमा छानविन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले सातै प्रदेशमा कार्यालय खोली छानविन अघि बढाएको छ । आयोगले आज जारी गरेको विज्ञप्तिमा उजुरी छानविनलाई छिटो र पीडितमैत्री बनाउन तत्कालका लागि सात प्रदेशमा उच्च अदालत रहेका स्थानमा आयोगको मुकाम स्थापना गरी […]