मापदण्ड विपरित सञ्चालनमा रहेका तीन औषधि पसलमा तालाबन्दी

२५ माघ २०७४, बिहीबार १९:२१
 

सदरलाइनडटकम 
२५ माघ, नेपालगन्ज : बाँकेको नेपालगन्ज उप–महानगरपालिकामा सञ्चालनमा रहेका ३ वटा औषधि पसलमा औषधि व्यवस्था विभागले तालाबन्दी गरेको छ । मापदण्ड विपरित सञ्चालनमा रहेका उक्त पसलहरुलाई औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जको टोलीले शिलबन्दी गरेको हो ।
औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसहित सरोकारवालाहरुको टोलिले राँझा, नेपालगन्ज मेडिकल कलेज र भेरी अञ्चल अस्पताल अगाडि सञ्चालनमा रहेका औषधी पसलमा शिलबन्दी गरेको थियो ।
औषधि व्यवस्था विभागको निर्देशन अनुसार नै ३ वटा पसलहरुमा शिलबन्दी गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जले जनाएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ नेपालगन्ज मेडिकल कलेज अगाडि सञ्चालनमा रहेको दर्शन मेडिकल २१ दिन, वडा नम्बर २० राँझाचौक सञ्चालनमा रहेको पवन मेडिकल १५ दिन र वडा नम्बर १३ भेरी अञ्चल अस्पताल अगाडि सञ्चालनमा रहेको हेल्थ स्टार फार्मेसी ३० दिनको लागी बन्द गरिएको शाखा प्रमुख निनु श्रेष्ठले जानकारी दिइन् ।
विभिन्न समयमा गरिएका अनुगमनका ती पसलहरुमा सुचिकृत नभएका औषधि विक्रीवितरण, व्यवसायी अनुपस्थित भएको पाइएकाले कारबाही स्वरुप शिलबन्दी गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक यादव प्रसाद ढकालले बताए ।
दर्शन मेडिकलमा मुल्य भन्दा बढी औषधि बिक्रीवितरण, व्यवसायी अनुउपस्थित रहेको, पवन मेडिकलमा सुचिकृत नभएका औषधि विक्रीवितरण गरेको र हेल्थ स्टार फार्मेसीमा सुचिकृत नभएका औषधि विक्रीवितरण तथा व्यवसायी अनुउपस्थित रहेको भन्दै शिलबन्दी गरिएको हो ।
अनुगमन टोलिमा औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्ज, बाणिज्य कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बाँके, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


 

Next Post

२६ माघ २०७४ शुक्रवारको राशिफल

२५ माघ २०७४, बिहीबार १९:२१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य सम्पादनमा समस्या आउला । सामान हराउने वा चोरी हुने भयछ । सौन्दर्यतामा धन खर्च हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बैदेशिक कार्य अघि बढ्नेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । […]

सम्बन्धित