नेपालगन्ज उप–महानगरलाई बालश्रममुक्त पार्ने अभियान तीव्र पारिदै

२५ माघ २०७४, बिहीबार १५:५९
 

सदरलाइनडटकम 
२५ माघ, नेपालगन्ज     : नेपालगन्ज उप–महानगर क्षेत्र भित्र बालश्रम कायमै रहेको पाइएपछि उप–महानगरपालिकाले बालश्रमीकको खोजी गर्दै बालश्रममुक्त अभियानलाई तीव्रता दिएको छ ।
युनिसेफको सहयोग तथा बास नेपालगन्जको सहजिकरणमा सञ्चालित बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत उप–महानगरपालिको अगुवाईमा वडास्तरमा निरन्तर अनुगमन गरिएको हो ।
बुधबार नेपालगन्ज–१७ मा अनुगमन गरेको टोलीले बिहीबार वडा नं.११ मा बालश्रमिक अवस्थाको स्थलगत अनुगमन गरेको जनाएको छ । वडा नं. ११ का वडा अध्यक्ष उज्वलसिंह राठौर, नेपालगन्ज उप–महानगरका सामाजिक विकास अधिकृत कृष्णंप्रसाद जोसी, वडा सदस्य मुवारक अली सिद्धीकी, वडा सचिव चन्द्र कुमार गोडीया, बासका उपनिर्देशक हेमराज भट्ट, लेखा अधिकृत प्रतिक्षा गिरीलगायतको टोलीले बालश्रम हुने क्षेत्रको अनुगमन गरेको जनाईएको छ ।
विद्यालय छाडेर श्रमिकको रुपमा मोटरसाईकल ग्यारेज, फर्निचर उद्योग लगायत स्थानहरुमा बालबालिकाहरु काम गरिरहेको पाईएको उप–महानगरपालिकाका सामाजिक विकास अधिकृत जोशीले जानकारी दिए ।
उनले शो रुममा काम गरिरहेको बालकलाई घर फर्काउन शोरुम सञ्चालकलाई समेत सचेत गराइएको बताए । बालश्रमिक परिवारसँगको भेटमा बालबालिका तथा परिवारको अवस्था, श्रममा पठाउनुको कारण, बालश्रम लगायतका बिषयमा परामर्श गरिएको छ । स्थलगत अनुगमनबाट प्राप्त बिवरणहरुको आधारमा बालबालिकाहरुलाई परिवारमै फर्काउन पहल गरिने सहजकर्ता संस्था बासले जनाएको छ ।

Next Post

पार्टी एकता सुनिश्चित गर्दै नयाँ सरकार गठनः नेता नेपाल

२५ माघ २०७४, बिहीबार १५:५९
धनगढी, २५ माघ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएका छन् । धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता र सरकार गठनको तयारी सँगैसँगै भइरहेको बताएका छन् । उनले सरकार गठन […]

सम्बन्धित