प्रहरीले गर्यो गाउँपालिकाको अवैद्य मदिरा नष्ट

२५ माघ २०७४, बिहीबार १४:५२
 

सदरलाइन / चिना बिक
२५ माघ, रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा अबैध रुपमा मदिरा बिक्री बितरण बढेपछि नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
अनाधिकृत रुपमा मदिरा विक्रि वितरणले विभिन्न प्रकारका बिक्रिति र बिसंगती बढेपछि प्रहरीले बजारमा अबैध रुपमा विक्रि वितरण गरिदै आएको घरेलु मदिरा तथा गैरकानुनी रुपमा उत्पादन हुँदै आएको मदिरा जन्य पदार्थ नष्ट गर्न सुरु गरेको हो ।
बजार क्षेत्रमा होहल्ला भएको र अशान्ति फैलिएको भन्दै सिम्ली प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरिक्षक गगन सिंह ठकुरीको नेतृत्वको प्रहरी टोलिले मदिरा नियन्त्रणमा लिएको हो ।
सिम्ली बजारका विभिन्न होटेल तथा विक्री वितरणको अनुमती नलिएका पसलहरुबाट घरेलु मदिरा जन्य पदार्थ १ सय ३० लिटर र सिल गरिएको रक्सी १ सय ५५ बोतल नियन्त्रनमा लिएको हो । प्रहरी चौकी सिम्लीले सानीभेरीका विभिन्न बजारहरुमा यस अघि पनि मदिरा तथा मदिरा जन्य पदिार्थ नियन्त्रणमा लिई नष्ट गर्दै आएको छ ।

Next Post

नेपालगन्ज उप–महानगरलाई बालश्रममुक्त पार्ने अभियान तीव्र पारिदै

२५ माघ २०७४, बिहीबार १४:५२
सदरलाइनडटकम  २५ माघ, नेपालगन्ज     : नेपालगन्ज उप–महानगर क्षेत्र भित्र बालश्रम कायमै रहेको पाइएपछि उप–महानगरपालिकाले बालश्रमीकको खोजी गर्दै बालश्रममुक्त अभियानलाई तीव्रता दिएको छ । युनिसेफको सहयोग तथा बास नेपालगन्जको सहजिकरणमा सञ्चालित बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत उप–महानगरपालिको अगुवाईमा वडास्तरमा निरन्तर अनुगमन गरिएको हो । बुधबार नेपालगन्ज–१७ मा अनुगमन गरेको […]

सम्बन्धित