एनसेलले ल्यायो असिमित भ्वाइस प्याक र डेटा प्याकसहितको भ्यालेन्टाइन अफर ,कसरी लिने सुबिधा ?

२५ माघ २०७४, बिहीबार ०८:१९
 

काठमाडौं,२४ माघ – दुरसचार सेवा प्रदाएक सस्था एनसेल प्रालिले आफ्ना ग्राहकहरुका लागि यस भ्यालेन्टाइन सिजनमा असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको सुबिधा उपलब्ध गराउने भएको छ ।

अफर अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कर सहित मात्र रु १५ मा असिमित भ्वाइस प्याक लिई विहान ५ बजे देखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुनै पनि नम्बरमा असिमित कुराकानीको मजा लिन सक्ने एनसेलले जनाएको छ ।

कसरी लिने सुबिधा ?
ग्राहकले १७११४ डायल गरी प्राप्त जानकारीअनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिन्छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागु हुनेछ ।


साथै, आफ्ना प्रियजनसँग भिडियो च्याट गर्न रुचाउने ग्राहकले यस अफर अन्तर्गत करसहित मात्र रु २० मा एक घण्टाको लागि निरन्तर डेटा उपलब्ध गराउने असिमित डेटा प्याक लिई आफ्ना प्रियजनसँग निरन्तर भिडियो च्याटको मजा लिन सक्नेछन् । यो डेटा अफरको लाभ लिन ग्राहकले एस्टिक्«स१७११४ह्यास् डायल गरी विकल्प नम्बर २ छनोट गरी प्याक सुचारु गर्न सक्छन् । ग्राहकले अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्छन् ।

निरन्तर ईन्टरनेट सुनिश्चित गर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाको लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक योजना अवधिभर जति पटक पनि लिन सक्छन् । यस भ्यालेनटाइन सिजनमा ल्याइएका यी आकर्षक भ्वाइस र डेटा अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

(बाह्रखरीको सहयोगमा 

Next Post

मेलामा जाने एक भारतीयसहित दुईको मृत्यु

२५ माघ २०७४, बिहीबार ०८:१९
नवलपरासी, २५ माघ । मदारबाबा मेला आएका एक भारतीय नागरिकको बुधबार मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीबाट नौ किलोमिटर उत्तरतर्फ पहाडी डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिकस्थल मजारमा पुग्न पहाड चढ्दै गर्दा लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश महाराजगन्ज जिल्लाको खजुरिया बस्ने ५० वर्षीय भरतचन्द्र […]