रुकुमकोटमा सदरमुकामको आन्दोलन जारी

२४ माघ २०७४, बुधबार १८:१९
 

सदरलाइन / चिना बिक
२४ माघ, रुकुम पुर्व  : गत माघको ११ गतेको मन्त्रिपरिषदको निर्णयले रुकुम ९पुर्व० को सदरमुकाम सार्ने पुथाउत्तरगंगा गाउँपालिकाको १२ नम्बर वडा गोलखारामा सार्ने निर्णयको बिरुद्ध रुकुमकोटमा १४ औं दिन पुग्दा पनि आन्दोलन जारी छ ।
सिस्ने गाउँपालिकाका ५ र ६ नम्बर वडा, रुकुमकोटमा रहेको रुकुम९पूर्व०को सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिकाको १२ नम्बर वडा गोलखारामा सार्ने निर्णय गरे पछि आन्दोलन सुरु भएको थियो ।
सदरमुकाम सार्न नदिन सरकारको सो निर्णयविरुद्ध सदरमुकाम रुकुमकोट र त्यस आसपासका स्थानीय आन्दोलित बनेका छुन् । सरकारले सदरमुकाम सार्ने निर्णय गरेसँगै बिहिबार रातिबाटै आन्दोलन सुरु भएको हो ।
सदरमुकाम सार्ने निर्णय फिर्ता गर्न भन्दै चौधौं दिन पुग्दा पनि सदरमुकामवासीले आन्दोलन जारी रखेका हुन । सदरमुकामबासिले माघ २८ गतेसम्म शान्तिपुर्ण आन्दोलन जारी राख्ने बताएका छ्न ।
बुधबार दिनभर पनि रुकुमकोटमा विरोध प्रदर्शन भएको छ । आन्दोलनरत रुकुमकोट र त्यस आसपासका स्थानीयले रुकुमकोटमा रहेका बजार–पसल र यातायातका साधन दिनमा ३ घन्टा बन्द गरी आन्दोलन गरेका छन । सदरमुकाम सार्ने निर्णय नसच्याएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नलिने आन्दोलन संघर्ष समितिका सदस्य भिमबहादुर खड्काले भने ।
यो निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहन्छ’, उनले भने,‘ कुनै पनि हालतमा हाम्रो आन्दोलन रोकिनेवाला छैन।’ रुकुमकोटवासीले ४४ वर्षपछि पुनः सदरमुकामवासी बन्ने अवसर पाएका थिए ।
रुकुमकोट मै सदरमुकाम हुनुपर्ने र नभए जुनसुकै मुल्य चुकाउँन तयार रहेको उनले चेतावनी दिए । २०३० सालमा रुकुमकोटमा रहेको सिंगो रुकुम जिल्लाको सदरमुकाम मुसीकोटमा सारिएको थियो ।
त्यसको ४४ वर्षपछि संविधान अनुसार नयाँ जिल्ला बनेको रुकुम९पूर्व०को सदरमुकाम रुकुमकोट तोकिएको थियो । गत १९ असोजदेखि नयाँ जिल्लाका रुपमा रुकुम९पूर्व०मा काम सुरु भएको थियो ।
आन्दोलनमा स्थानीय, सबै राजनीतिक दल र जनप्रतिनिधिहरुलेसमेतले एक्यवद्धता जनाएका छन् । आन्दोलन चर्किएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सरकारी निर्णय बाहिरिसँगै आन्दोलन चर्किएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए । अहिले जिल्लाको सुरक्षा व्यवस्था काबु मै रहेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।


Next Post

कोहलपुर औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा

२४ माघ २०७४, बुधबार १८:१९
सदरलाइनडटकम  २४ माघ, कोहलपुर (बाँके) : शुक्रबारदेखि सुरु हुने कोहलपुर औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । ‘देश निर्माणमा कृषि, उद्योग र व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता’ भन्ने मुल नाराका साथ कोहलपुर व्यापारिक मेलाको मेलाको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलनमा जानकारी […]

सम्बन्धित