ट्राफिक प्रहरीको ‘राजमार्गमा चालकसंग एक मिनेट’ले दुर्घटना र जोखिम न्यूनिकरण गर्ने

२३ माघ २०७४, मंगलवार १९:३५
 

सदरलाइन / रुद्र सुवेदी
२३ माघ, नेपालगन्ज : राजमार्गमा अत्याधिक दुर्घटना बढेपछि सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले ‘राजमार्गमा चालकसंग एक मिनेट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना अत्याधिक बढेपछि मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुर बाँकेले ‘राजमार्गमा चालकसंग एक मिनेट’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
चालु् आर्थिक वर्षको छ महिनामा मात्र मध्यश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय मातहातका हुम्ला र डोल्पा बाहेकका १३ जिल्लामा भएका १ सय ६० सवारी साधन दुर्घटनामा परेर १ सय २० ले ज्यान गुमाउन्ुको साथै १ सय ७५ गम्भीर घाइते भएपछि सुरक्षित यात्राको लागि सो अभियान सञ्चालनमा ल्याएको हो ।
मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका प्रमुख तथा ट्राफिक प्रहरी उपरिक्षक राजेन्द्र सिंह खड्काले राजमार्गमा सवारी दुर्घटना न्यूनिकरणको लागि संघिय प्रहरी प्रमुख एआईजी मधुप्रसाद पुडासैनीको निर्देशनमा ‘राजमार्गमा चालकसंग एक मिनेट’ कार्यक्रम सञ्चालनमा ल्याईएको जानकारी दिए ।
उनले सो कार्यक्रम अन्तरगत पूर्व–पश्चिम राजमार्गमा सञ्चालनमा आएको सवारी साधनका चालक तथा सह–चालकको स्वास्थ्य परिक्षण गर्नुको साथै सोही क्रममा उनीहरुमा कुनै समस्या भएमा सुविधा सम्पन्न ठाँउमा स्वास्थ्य परिक्षणको लागि जानको लागि सल्लाह दिने गरेको बताए ।
उनले भने–‘राजमार्गमा सञ्चालनमा आएका सवारीका साधनहरु सुरक्षित तवरले गन्तब्यसम्म पुग्न सकुन भनेर ५ नं. प्रदेशका प्रहरी प्रमुख समेतको निर्देशन अनुसार राजमार्गमा चालकसंग एक मिनेट कार्यक्रम सञ्चालनमा ल्याएका हौ । हामीले उनीहरुको स्वास्थ्य परिक्षण, तथा उनीहरुलाई सुरक्षति यात्राको लागि काउन्सिलिङ्ग गर्ने गरेका छौं ।’


उनले राजमार्गलाई सुरक्षित बनाउनको लागि ट्राफिक प्रहरीको पहलमा सबै क्षेत्रको सहयोग हुनसके ठूलो मात्रामा हुँदै आएको धनजनको क्षेति जोगिने अपेक्षाका साथ ५ नं. प्रदेशका सबै ट्राफिक कार्यालयले यो अभियान सञ्चालन गर्ने जानकारी दिए ।
क्षेत्रीय ट्राफिक कार्यालयको सो अभियानमा मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जले प्राविधिक सहयोग दिएको छ । पूर्व–पश्चिम राजमार्गमा सवारी चालकको स्वास्थ्य अवस्था जाँच गरि रहेकी सो अस्पतालकी प्रहरी निरिक्षक डा.श्रीविन्दु शर्माले अधिकांश सवारी चालकमा रक्तचाप ‘ब्लडप्रेसर’ बढेको पाईएको बताईन ।
उनले भनिन–‘ प्राय सबै जसो सवारी चालकको रक्तचाप बढेको पाईए पनि ४० काटेका आधिकांश सवारी चालकमा रक्तचाप अधिक मात्राले बढेको पाईएको छ ।’ उनले चालकले आवश्यक मात्रामा बिश्राम नपाएको कारण, खानपिनका कारण तथा गन्तब्यमा पुग्नै पर्ने डेडलाईका कारण सवारी चालकको रक्तचाप बढेको हुनसक्ने आशंका गरिन ।
मंगलबार पूर्व–पश्चिम राजमार्गको शम्शेरगन्ज नजिकै आयोजना गरिएको सो कार्यक्रममा १ सय ७२ जना सवारी चालकको स्वास्थ्य परिक्षण गर्दा १३ जना अत्यन्तै जोखिम अवस्थामा रहेको उनीहरुको अधिकतम १८० र न्यूनतम १२० रहेको पाईएको डा. शर्माले जानकारी दिईन । उनले दिएको जानकारी अनुसार बचेका मध्येका ८० प्रतिशतमा जोखिमको रेखामा पुगेकोले उनीहरुलाई स्वास्थ्य परिक्षणको लागि सल्लाह दिएको बताईन ।


Next Post

प्रदेस नं. ५ नगरपालिका संघ गठन संयोजक बुटवलका सुवेदी नेपालगन्जकी उमा भईन सहसंयोजक

२३ माघ २०७४, मंगलवार १९:३५
सदरलाइनडटकम २३ माघ, नेपालगन्ज : पाँच नंम्बर प्रदेसका नगरपालिका संघको भेलाले बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ । दाङ्गमा मंगलबार भएको भेलाले नेपालगन्ज उप–महानगरपालिकाकी उप–मेयर उमा थापा मगरलाई सह–संयोजक चयन गरेको छ । सो भेलामा ५ नं. प्रदेसका सबै नगरपालिकाका मेयर र उपमेयर सहभागि […]