जर्मन दूतावासको प्रतिनिधि मण्डलद्वारा उप–महानगरपालिकाको अवलोकन

२२ माघ २०७४, सोमबार १८:१७
 

सदरलाइनडटकम  
२२ माघ, नेपालगन्ज : नेपालस्थित जर्मनी दूतावासका बैदेशिक सहयोग विभागका प्रमुख श्रीमती क्लाउडिया हिपेलगायतको प्रतिनिधि मण्डलको टोलीले सोमबार नेपालगन्ज उप–महानगरपालिकाको कार्यालयको अवलोकन गर्दै सेवा प्रवाहबारे चासो राखेको छ । विभाग उपप्रमुख फ्लोरेन्स फोग्त, जीआईजेड नेपालका निर्देशक श्रीमती एल्के फोष्टर लगायतले अपरान्ह कार्यालयका विभिन्न शाखाको अवलोकन गरेका थिए । टोलीले कार्यलयको समग्र व्यवस्थापन, जनप्रतिनिधिपछिको स्थानीय सरकारको काम कारवाही आदि बारे चासो राखेको उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।
यसैवीच उनीहरुकै समुपस्थितीमा सोमबार साँझ जर्मन सरकार सहयोग कार्यक्रम सम्वन्धी अन्तरक्रिया समेत गरिने भएको छ । उप–महानगरपालिका उपप्रमुख उमा थापाद्धारा स्वागत गरिने सो कार्यक्रममा उप–महानगरपालिकाका तर्फबाट नगरप्रमुख प्रमुख डा धवल शमशेर राणाको प्रस्तुती रहने छ ।
बाँकेका प्रतिनिधि तथा प्रदेश सभा सदस्य समेतको उपस्थिति रहने कार्यक्रममा नगरका प्रतिष्ठित एवं विशिष्ठ व्यक्तिको उपस्थिति रहनेछ ।

Next Post

स्थानीय तहबीचमा न्याय सम्पादनका विषयमा छलफल

२२ माघ २०७४, सोमबार १८:१७
सदरलाइनडटकम  २२ माघ, नेपालगन्ज :स्थानीय न्यायिक समिति संघको सोमबार नियमित बैठक बसेको छ । नेपालगन्ज उप–महानगरपालिकाको आतिथ्यतामा सम्पन्न वैठकमा उप–महानगरपालिका प्रमुख डा धवल शमशेर राणाले स्वागत गर्दै निरन्तर समन्वय र सहकार्यमा काम गर्न सुझ्याएका छन् । स्थानीय तहमा न्यायिक समिति प्रमुखको सम्वदेनशिल भूमिका रहेको भन्दै आईपरेको चुनौतीको एक अर्काबीचमा जानकारी […]