महोत्सवमा विद्यार्थीद्वारा सञ्चालित स्टलमा खाजा खानेको भिड

२१ माघ २०७४, आईतवार १९:४०
 

सदरलाइनडटकम 
२१ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा कारकाँदो सडक विभागको परिसरमा सञ्चालनमा रहेको प्रादेशिक महोत्सव–२०७४ को स्टलनं. ११ र १२ मा खाजा खानेहरुको घुईचो लाग्ने गरेको छ ।
ईमराल्ड कलेज अफ अप्लाईड म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले सञ्चालनमा ल्याएको सो स्टलमा कलेजका विद्यार्थीहरुले आफुले कलेजमा पढेको ज्ञान र सीपलाई व्यावहारमा उतार्दै स्टलमा रेष्टुरेन्ट नै सञ्चालनमा ल्याएका हुन ।
कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका पहिलो र दोस्रो सेमेस्टरका विद्यार्थीहरु मिलेर स्टल रेस्टुरेन्ट सञ्चालनमा ल्याएको कलेजका सञ्चालक भेषराज भुसालले जानकारी दिए । विद्यार्थीहरु
कलेजले सिटीइभिटीबाट सम्बन्धन प्राप्त गरी नेपालगन्ज र कोहलपुरमा होटल म्यानेजमेन्टको एकवर्षे कक्षा सञ्चालन गर्दै आएको छ । ‘विद्यार्थीलाई फुल्ली प्राक्टिकल कक्षा पनि हुने उनीहरुले ग्राहकको माग बानी व्यहोरा पनि थाहा पाउने भएकोले सबै कुरा विद्यार्थीहरुबाटै सञ्चालन रहेकोले उनीहरुको लागि उपलब्धी रहेने हाम्रो विश्वास छ’–उनले भने ।
पकाउनेले सेतो एप्रोन लगाएर पकाई रहेका छन् भने । ग्राहकलाई सेवा दिनेले सुन्तले रंगको कलेजकै पोषाकमा सेवादिदै गरेका कलेजका विद्यार्थीहरु हरेक दिन १६ जनाका दरले मेलामा आउने र स्टलबाट आफुलाई तोकीएको कार्यगर्ने गरेका छन् ।

 

Next Post

राही मार्ट नृत्य प्रतियोगिताको उपाधी दुई समुहको पोल्टोमा

२१ माघ २०७४, आईतवार १९:४०
सदरलाइनडटकम  २१ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा गत माघ ११ गतेदेखि नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सवमा सबै भन्दा बढी पुरस्कार राशीको राहीमार्ट नृत्य प्रतियोगिताको उपाधी दुई समुहले चुम्न सफल भएका छन् । प्रतियोगितामा सहभागी १२ जना सहभागी मध्ये भेरी नर्सिङ कलेजका सृजना विष्टलगाएतको टिम र खजुरा क्याम्पबाट सहभागी […]