सल्यानमा ट्रिपर दुर्घटना हुँदा २ को मृत्यु

२० माघ २०७४, शनिबार ०८:३६
 

दाङ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-सल्यान सडक खण्डमा पर्ने सम्धीमोडमा ट्रिपर दुर्घटना दुई जनाको मृत्यु भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा गएराति से १ क ५२७ नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।


मृत्यु हुनेमा चालक बाँके कोहलपुरका २८ वर्षीय ज्ञानकुमार बोहोरा र सहचालक डोटीका २३ वर्षीय रमेश पुनमगर रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएर ट्रिपर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Next Post

अभावमा जेलिँदै प्रदेश : कर्मचारी र गाडी अभाव टड्कारो

२० माघ २०७४, शनिबार ०८:३६
काठमाडौं : प्रदेश सरकारका संरचना समयमै बन्न नसक्दा सातै प्रदेश अभावैअभावले जेलिएका छन्। व्यवस्थित कार्यालय, साधन-स्रोत, कर्मचारी केही छैनन्। काम राम्ररी हुन व्यवस्थित कार्यालय, कार्यालयभित्र साधन-स्रोत र कर्मचारी आवश्यक पर्छ भने पदाधिकारीलाई यातायातका साधन ! तर यी कुनै पनि अनिवार्य आवश्यकता प्रदेशमा छैनन्। प्रदेशसभाको बैठक धमाधम बस्न थालेका छन् भने […]