प्रदेश ७ मा २७ र ६ मा २९ गते सभामुख निर्वाचन

२० माघ २०७४, शनिबार ०८:३१
 

काठमाडौं । प्रदेश ६ र ७ को पहिलो बैठकले सभामुख चयनको मिति तोक्ने भएका छन् । प्रदेश ६ र ७ को आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै सभामुख चयनको मिति तोक्ने कार्यसूची तयार गरिएको हो ।

प्रदेश ७ को पहिलो बैठकको कार्यसूचीमा २७ गते सभामुखको चुनावको मिति तोक्ने विषयमा छलफल हुने छ । बैठकले यो मिति पारित गरे २५ गते नामावली प्रकाशित गरी २७ गते सभामुख चयन हुने सांसद दुर्गा विकले जानकारी दिइन् ।


यस्तै प्रदेश ६ को पहिलो बैठकका लागि तयार गरिएको कार्यसूचीमा पनि सभामुखकै एजेण्डा मुख्य रहेको छ । प्रदेश ६ को सभामुख चयनका लागि २९ गते चुनावको मिति तोक्ने तयारी गरिएको छ ।

२९ गतेको मितिका विषयमा पहिलो बैठकमा छलफल हुने प्रदेश ६ को सांसद सचिवालयले जनाएको छ ।

Next Post

सल्यानमा ट्रिपर दुर्घटना हुँदा २ को मृत्यु

२० माघ २०७४, शनिबार ०८:३१
दाङ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-सल्यान सडक खण्डमा पर्ने सम्धीमोडमा ट्रिपर दुर्घटना दुई जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा गएराति से १ क ५२७ नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक बाँके कोहलपुरका २८ वर्षीय ज्ञानकुमार बोहोरा […]