विद्यालय पोसाक मै रहेका विद्यार्थीलाई झाँकीमा प्रयोग

११ माघ २०७४, बिहीबार १८:२०
 

सदरलाइनडटकम
११ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघले आयोजना गरेको प्रादेशीक महोत्सवमा निकालिएको झाँकीमा विद्यालयका बालबालिकाको प्रयोग भएको छ । बिहीबार एक्कासी भएको चिसोको कारण बालबालिका झाँकीमा हिड्न समेत असहज मानेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्नका लागि विद्यालयहरुले पढाई नै बाँझो गरेर चिसोमा झाँकी प्रदर्शन गर्ने भन्दै विद्यार्थीहरुलाई महोत्सवको ¥यालीमा उपस्थित गराएका थिए । उनीहरु विहान १० बजेदेखि नै उनीहरु नेपालगन्ज उद्योग बाणिज्य संघ परिसर पुगेर झाँकीमा सहभागि हुँदै कार्यक्रम स्थलमा पुगेका थिए । कार्यक्रम स्थलमा भने प्रचण्ड झण्डै २ बजेतिर मात्र पुगेका थिए ।
गतवर्ष सुर्खेतमा भएको महोत्सवमा प्रचण्डलाई नै स्वागत गर्न लाममा बसेकी विद्यार्थीको बेहोस भएर मृत्यु भएपछि समग्र अधिकारकर्मीहरुको चर्को विरोध भएपछि सरकारले नै बालबालिकालाई कुनै पनि सभा, समारोह, महोत्सवमा प्रयोग गर्न नपाइने ऐन नै बनेको थियो । तर बाँकेमा आयोजना गरिएको महोत्सवमा नीजि र सरकारी विद्यालयका विद्यार्थीहरुलाई जबरजस्ती सहभागी गराइएको थियो ।


विद्यालयहरुले सरकारी नियमको उल्लंघन गर्दै विद्यार्थीहरुको अध्ययन गर्ने अधिकारलाई कुण्ठित गर्दै महोत्सवमा सहभागी गराएका हुन् । ‘पढ्न भनेर हामी समयमै विद्यालय पुगेका थियौं, प्रिन्सीपल सरले आज महोत्सवमा स्वागत गर्न जानुपर्छ भनेर सबैलाई भन्नुभयो,’ एकजना विद्यार्थीले भनिन्, ‘हामीले किताब र झोला विद्यालयमा नै राखेर ¥यालीमा आयौं, विद्यालयको ड्रेसमै आएकाले चिसो पनि निकै लागिरहेको छ ।’ पढ्न हिडेका विद्यार्थीहरुलाई विद्यालयबाट नै ¥यालीमा सहभागी गराएकाले आफुहरुलाई चिसोले निकै सताएको गुनासो गरेका छन् ।
अभिभावकले विद्यालयको चर्को आलोचना समेत गरेका छन् । पढ्न पठाएका विद्यार्थीलाई महोत्सवमा अथिति स्वागत गर्न लिएको भन्दै शिक्षकहरुले ठग्ने नयाँ परम्परा बसालेको अभिभावकको अरोप छ । अधिकारकर्मीहरुले पनि विद्यालय पोशाकमै अध्ययन बाँझो गरी ¥यालीमा सहभागी गराइनु निन्दनिय कार्य भएको बताएका छन् ।


  

Next Post

प्रचण्डले नेपालगन्जमा भने, सके राजधानी नत्र मन्त्रालय नेपालगन्जमा राख्नेछ

११ माघ २०७४, बिहीबार १८:२०
सदरलाइन/रुद्र सुवेदी      ११ माघ, नेपालगन्ज : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले नेपालगन्जमा सके राजधानी नत्र प्रदेसका मन्त्रालयसम्म राख्ने कुरामा आफुले पहल गर्ने बताएका छन् । नेपालगन्जमा बिहीबार नेपालगन्ज उद्योग बाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सवको उद्दघाटन गर्दै सो कुरा बताएका हुन । प्रदेशका अस्थायी […]