नेपालगन्जमा प्रतिनिधि मुलक उपस्थितिमा राजधानी माग्दै आन्दोलन : समाचार टिप्पणी

५ माघ २०७४, शुक्रबार १६:०३
 

सदरलाइनडटकम   
५ माघ, नेपालगन्ज : नेपालगन्जमा प्रदेश नं. ५ को राजधानीको माग गर्दै शुक्रबार विभिन्न पेशागत संघ संगठनको छाताको रुपमा रहेको पापड बाँकेको आयोजनामा नेपालगन्जमा प्रदर्शनी समेत गरिएको छ ।
सरकारले गत बुधबार प्रदेस नं. ५ को राजधानी रुपन्देही तोकेपछि दाङ्गमा कडा आन्दोलन गरिए पनि बाँकेमा भने ३ दिनपछि बाँकेमा राजधानी माग गर्दै प्रतिनिधिमुलक प्रदर्शनी गरिएको छ ।
जिल्ला अदालत अगाडिबाट निकालिएको विरोध र्याली नेपालगन्जको सदरलाइन, त्रिभुवन चोक, त्रिबेणी मोड, घरबारी टोल, हुँदै धम्बोझी चोक, सुर्खेतरोडबाट बीपि चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
बाँकेबाट पेसागत संगठनहरु पापडको व्यानरमा निर्वाचित जनप्रतिनिधि र पत्रकार, वकिल र व्यावसायीहरुको सहभागिता रहेको सो र्यालीमा राजनीतिक पार्टीका अत्यन्तै न्यून सहभागिता रहेको थियो । बाँकेमा क्रियाशिल राजनीतिक पार्टीका जिल्ला नेतृत्व भने प्रर्दशनीमा देखिनु त परै जावस उनीहरुको प्रतिनिधित्व गर्दै केही पदाधिकारी र केही कार्यकर्ताहरु सहभागि रहेका थिए ।
दाङ्गमा राजनीतिक दल, पापड, उद्योगी व्यावसायीहरुको संयुक्त संघर्ष समितिले आन्दोलन चर्काउदै लगेको बेलामा नेपालगन्जमा भने प्रतिनिधि मुलक उपस्थितिमा राजधानीको माग गर्दै आन्दोलन सुरु गरिएको छ । ‘व्यापक जनदवाब दिनको लागि सबै तहको बाक्लो उपस्थितिमा नयाँ मुुलुक नयाँ प्रदेशको माग गर्दै आन्दोलन चर्काउन सकेमात्र बाँकेको भविश्य छ नत्र अनन्दोलन गरेका थियौ भनेर चित्त बुझाउनु मात्रै हुने छ’–र्यालीमा सहभागीले भने ।
यसैगरी सो र्यालीमा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्षसहित केही सदस्यमात्र उपस्थित रहेका थिए । ‘माघ ११ गतेदेखि कारकाँदोमा सञ्चालन हुन लागेको मेलाको तयारीको लागि संघका पदाधिकारी व्यस्त भएको कारणले प्रतिनिधि मुलक रुपमा अध्यक्ष ज्यु र्यालीमा उपस्थित हुनु भएको छ’–आयोजक पापडका एक सदस्यले बताए ।

Next Post

नेपालगन्ज उप–महानगरको सरकारी तथा ऐलानी जग्गा खोजी गरी संरक्षण गरिने

५ माघ २०७४, शुक्रबार १६:०३
सदरलाइनडटकम   ५ माघ, नेपालगन्ज  : नेपालगन्ज उप–महानगर क्षेत्र भित्र रहेका सार्वजनिक तथा एैलानी जमिनको खोजी गरी संरक्षण गरिने भएको छ । नेपालगन्ज उप–महानगरको अगुवाईमा शुक्रबार बसेको सर्वदलीय÷सर्वपक्षिय वैठकले नेपालगन्जका विभिन्न स्थानमा रहेको अतिक्रमित ऐलानी जग्गाको पहिचान गर्ने, खाली गर्ने र तारवारसहित संरक्षण गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । उप–महानगरका […]