नर्सिङ्ग स्टाफको आन्दोलन प्रति सरकारले चासो नदिदा थप आन्दोलन चर्काउदै नर्सिङ्ग स्टाफहरु

३ माघ २०७४, बुधबार १५:४९
 

सदरलाइनडटकम  
३ माघ, नेपालगन्ज :सहकर्मी निष्काशनको बिरोधमा बाँकेका विभिन्न अस्पतालमा कार्यरत नर्सिङ्ग स्टाफहरु गत पुस २६ गतेदेखि चरणबद्ध आन्दोलनमा हुँदा पनि सम्बन्धित निकायले सुनुवाई नगरेको भन्दै आन्दोलन शशत्त पार्ने भएका छन् ।
नर्सिङ्ग स्टाफहरुले आव्हान गरेको आन्दोलनका कारण नेपालगन्ज, कोहलपुरका अस्पतालहरु प्रभावित भएका छन् । आफुहरु गत पुस २६ गतेदेखि विभिन्न ११ सुत्रीय मागहरु अघि सारेर आन्दोलनमा हुँदा पनि आफुहरुको आन्दोलनको कुनै सुनुवाई नभएको नेपाल नर्सिङ्ग संघका सदस्य देवमाया घर्तीले बताईन ।
नेपाल नर्सिङ्ग संघको आव्हानमा राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशनमा परेका नर्सिङ्ग स्टाफहरुलाई विनाशर्त पुनःबाहली गर्नुपर्ने, अधिकार सहितको नर्सिङ्ग सेवा महाशाखा पुर्नस्थापना गर्न, नर्श विरामी अनुपात सबै अस्पतालमा लागू गर्न, सरकारले उपलब्ध गराएको न्यूनतम तलव भत्ता सरह नीजि संस्थाहरुमा कार्यरत नर्शहरुलाई तहगत हिसाबले उपलब्ध गराईयोस, भोलेन्टियरको नाममा नर्श माथि हुने श्रमशोषण बन्द गरियोस लगायतका विभिन्न ११ बुँदे मागहरु अघि थालनी गरिएको छ ।
नर्सिङ्ग स्टाफहरुले हातमा कालो पट्टी बाँधेर आपतकालिन कक्ष र प्रसुती कक्ष बाहेक सबै स्थानमा डयूटी बहिष्कार गर्दै आन्दोलन उत्रिदा पनि संबन्धित निकाय तथा अस्पताल प्रशाशनले कुनै सुनुवाई नगरेकोले बिहीबारबाट थप शशक्त आन्दोलन चर्काउने नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज नर्सिङ्गहोमका मेट्रोन ममता शर्माले जानकारी दिईन ।
उनले दिएको जानकारी अनुसार बिहबार अर्थात माघ ४ गते बिहान ८ बजेदेखि ४ बजेसम्म ईमरजेन्सी र प्रसुती केन्द्र बाहेक सबै ठप्प पारिने बताईएको छ । यसअघि ईमरेन्सी, आईसियु,, एनआईसियु, प्रसुतीसेवा र डायोलेसिस जस्ता क्रिटिकल बाहेक अन्य वार्ड, अपरेशन थियटर समेत दैनिक ३ घण्टा ठप्प पार्दै आन्दोलनमा उत्रीएका नर्सिङ्ग स्टाफहरुको मागको कुनै सुनुवाई नभएको भन्दै बिहीबारबाट एक सिफ्नै डियूटी अवज्ञा गर्ने आन्दोलनको तयारीमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका मेट्रोन ललिता शर्माले जानकारी दिईन ।
नर्सिङ्ग स्टाफहरुको आन्दोलनको कारण नेपालगन्जको भेरी अञ्चल अस्पतालमा नयाँ विरामी भर्ना हुन तथा डिस्चार्ज हुनमा समेत समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण आचार्यले जानकारी दिए । नर्सिङ्ग स्टाफहरुको आन्दोलनका कारण अस्पतालमा उपचारको लागि भर्ना भएका विरामीको उपचार प्रभावित हुनुको साथै अपरेशन सेवामा समेत ठप्प भएको छ ।
उनले भने–‘ नर्सिङ्ग स्टाफको आन्दोलनका कारण अस्पतालमा ईमरेन्सी, आईसियु,, एनआईसियु, प्रसुतीसेवा र डायोलेसिस सेवा बाहेक अन्य सबै सेवाहरु अत्यन्त प्रभावित बनेकोले आकस्मिक बैठक बसेर जिल्ला प्रशाशन कार्यालय बाँके, जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र स्वास्थ्य मन्त्रलायमा अवस्थाको बारेमा ध्यानकर्षण गराएर पठाएका छौ ।’

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज


  
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर

Next Post

यी हुन नर्सिङ्ग स्टाफ आन्दोलित हुनुका कारणहरु

३ माघ २०७४, बुधबार १५:४९
सदरलाइनडटकम     ३ माघ, नेपालगन्ज : यतिबेला नेपालका सबै अस्पतालहरुमा कार्यरत नर्सिङ्ग स्टाफहरु आन्दोलनमा छन् । नर्सिङ्ग स्टाफहरुको आन्दोलनको कारण अस्पतालमा उपचारको लागि आउने बिरामीहरु मर्कामा परेका छन् । नेपाल नर्सिङ्ग संघको आव्हानमा राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशनमा परेका नर्सिङ्ग स्टाफहरुलाई विनाशर्त पुनःबाहली गर्नुपर्ने मागसहित गत पुस २६ गतेदेखि आन्दोलनमा […]

सम्बन्धित