राहतको माग गर्दै गाउँपालिका कार्यालयमा तालाबन्दी

२ माघ २०७४, मंगलवार १९:१८
 

सदरलाइनडटकम 
२ माघ, नेपालगन्ज : साउनको अन्तिम साता आएको बाढीबाट पीडित तथा प्रभावितको लागि सरकारले उपलब्ध गराएको राहत रकम अझै पीडितलाई बितरण नगरिएको भन्दै मंगलबार डुडुवा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
सरकारले गाउँपालिकाको खातामा बाढी पीडितका लागि प्रति परिवार २ हजार १ सय रुपैयाँ राहत उपलब्ध गराए पनि गाउँपालिकाले अझैसम्म वितरण नगरेकाले तालाबन्दी गरिएको संघिय समाजबादी फोरम नेपालका स्थानीय नेता जाहिर खाँले बताए ।
सो तालाबन्दीमा डुडुवा गाउँपालिका–३ का बासिन्दा समेत सहभाति रहेका छन् । जबकी वडानं. ३ मा बाढी प्रभावित वडामा नरहेको गाउपालिकाले जनाएको छ ।
सो गाँउपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले गैर बाढीपीडितले राहत माग गरेपछि बाढी पीडितका लागि आएको राहात बितरण गर्न समस्या भएको बताए । उनले भने–‘वास्ताविक बाढी पीडितहरुको पहिचान गर्नका लागि असहज भएकोले बितरणमा समस्या आएको हो ।’ उनले जिल्लास्तरीय अनुगमन टोली बनाएर अनुगमन टोलीले दिएको प्रतिबेदन अनुसार राहात बितरण गरे मात्र वास्तविक बाढी पीडितहरुले राहात पाउने गरी आएको राहत वितरण गर्न आफुहरु तयार रहेको बताए ।
यता गाउपालिकामा तालाबन्दी गरेकाहरुले प्रमुख जिल्ला अधिकारी र सो क्षेत्रका सांसद मो.इस्तीयाक राईले राहत वितरण गर्नको लागि गाउपालिकामा तालाबन्दी गर्न निर्देशन दिएपछि आफूहरु ताला लगाउन आएको बताएको स्थानीय सञ्चारकर्मी मो आलम खानले जनाएका छन् ।
गाउपालिकाको कार्यालयमा ताला लगाउन आएका वडा नं. ३ हलबलडोलीका जनताहरु बाढी पीडित नरहेको र सो गाँउमा कुनै क्षति समेत नभएको भए पनि उनीहरु समेत राहतको माग गर्दै तालाबन्दी गर्न आएपछि बास्तबिक पीडित झन मर्कामा पर्ने भएका छन् ।


 

Next Post

दास्रो ईशाका कप प्रतियोगिता सीतापुरको केगाउमा हुदै तयारी तीब्र

२ माघ २०७४, मंगलवार १९:१८
सदरलाइनडटकम  २ माघ, नेपालगन्ज : बाँकेको खजुरा क्षेत्रका संस्थागत विद्यालय संगठन ईशाका रनिंङ्ग शिल्ड बाँकेको खजुरा क्षेत्रमा हुने भएको छ । खजुरा क्षेत्र संस्थागत विद्यालय संगठन ‘ईशाका’ को आयोजनामा हुन लागेको दोस्रो संस्करण हो । खजुरा क्षेत्र संस्थागत विद्यालय संगठनको आयोजनामा आगामी माघ ४ गतेदेखि सीतापुरको शुक्रमावि केगाउको खेल मैदानमा […]

सम्बन्धित