बाँकेमा गतवर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढ्यो

२३ पुष २०७४, आईतवार १४:३६
 

सदरलाइन / सुनिता बर्मा
२३ पुस, नेपालगन्ज : बाढीको डुवानमा परेर पनि बाँकेमा गतवर्षको तुलनामा यसवर्ष धान उत्पादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनाुसार गत आर्थिक वर्ष २०७३/ ७४ मा ३६ हजार ५ सय हेक्टरमा धान खेती गर्दा गर्दा १ लाख ३६ हजार १ सय ४५ मेट्रीक टन उत्पादन हँदा आर्थिक वर्ष २०७४/०७५ मा सोही क्षेत्रफलमा १ लाख ३६ हजार २ सय ९८ मेट्रीक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्षको उत्पादन १ सय ५३ मेट्रीक टनले बढी धान उत्पादन भएको हो ।
जिल्ला कृषि विकास कार्यालय बाँकेका कृषि प्रसार तथा सूचना अधिकारी धनबहादुर पुनले बाँकेमा गत वर्षको तुलनामा यो वर्ष डेढसय मेट्रिक टन धान बढी फलेको जानकारी दिए । उनले साउनको अन्तिम साता आएको बढीले बाँके लगायत तराईका अधिकाँश जिल्लामा धनजनको क्षति गर्दा पनि धान खेतीमा भने बृद्धि भएको बताए ।
उनले भने–‘खेती गरिएको कुल मध्ये ३५ हजार ३८ हेक्टरमा धान खेतीको उत्पादन राम्रो भएको बाँकीको १ हजार ४ सय ६२ हेक्टरमा गरिएको धान खेतीमा बाढीको प्रभाव परेको र जसमध्ये बाढीले ६ सय ९० हेक्टर कटान गर्नुको साथै बाँकीको भागमा बालुवा पटान हुँदा जसमा ५० प्रतिशत मात्र धान उत्पादन भयो ।’
उनले आर्थिक वर्ष २०७४/७५ सालमा प्राकृतिक प्रकोपले कृषिमा प्रभाव पारे पनि १ लाख ३६ हजार २ सय ९८ मेट्रीक टन धान उत्पादन भएको जानकारी दिदै भने–‘बाढीले डुवान तथा पटान गरेपनि समय समयमा परेको पानीले उत्पादनमा बृद्धि गरेको हो ।’
आर्थिक वर्ष २०७३/०७४ सालमा ३६ हजार ५ सय हेक्टरमा नै धान खेती गरिएको थियो तर पानीको अभावले र अधिक तापक्रमले गर्दा १ लाख ३६ हजार १ सय ४५ मेट्रीक टन धान मात्र उत्पादन भएको थियो । उनले बाँकेमा राधा–४ धान (मोटो) र रामधान (मसिनो) को खेती बढी मात्रामा गरिन्छ । यसबाहेक हाइब्रेड धान, श्यामा मंसुली धान, काला नमक धानलगायत जातको धानको खेती गरिन्छ ।

Next Post

नेपालगन्जमा अपायक स्थानमा जेब्रा क्रशिङ्ग, बाटो पार गर्नेलाई झन सास्ती

२३ पुष २०७४, आईतवार १४:३६
सदरलाइनडटकम  २३ पुस, नेपालगन्ज : नेपालगन्जको सुर्खेतरोडको फेरलेन सडकमा अपायक ठाँउमा राखिएका जेब्रा क्रशिङ्गका कारण सडक पार गर्ने पैदल यात्रुलाई झन असहज भएको छ । सहजता पूर्वक सडक वारपार गर्न बनाइएको जेब्रा क्रसिङ चिन्ह पायक पर्ने ठाउँमा नबनाउँदा सडक वारपार गर्न असहज भएको नेपालगन्ज उप–महानगरपालिका–५, फुलटेक्राका एजाज सल्मानीले बताए । […]

सम्बन्धित